आज:  | Tue, 27, Jul, 2021

एकीकृत अखिल नेपाल शिक्षक संघठन लमजुङको प्रथम जिल्ला परिषद सम्पन्न 

रेडियो भोटेओडार ११ आश्विन २०७६, शनिबार २२:५६ मा प्रकाशित ( १ साल अघि) १०९४२ पाठक संख्या

एकीकृत अखिल नेपाल शिक्षक संघठनका केन्द्रीय उपाध्यक्ष नानुमाया पराजुलीले शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगति अन्त्यका लागि संगठन एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संघठन लमजुङको प्रथम जिल्ला परिषदमा शनिबार बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रम सुन्दबजार नगरपालिका ९ मा रहेको भक्ति नमुना माध्यामिक बिद्यालयको सभाहलमा भएको हो ।

कार्यक्रमकमो प्रमुख अतिथि समेत रहनु भएका पराजुलिले प्रविधिमैत्री ढंगले पठनपाठन गराउनु आवश्यक रहेको बताउनुभएको छ ।

यसका साथै सरकारले अघि सारेका शैक्षिक कार्यक्रमलाई सफल पार्न संगठन जुट्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षक, बिद्यार्थी र बिद्यालयको हक हितका लागि निरन्तर कृयासिल रहदै आएको संघठनले सस्थालाई थप व्यवस्थित बनाई बार्षिक योजना पारित गर्ने उदेद्धले कार्यक्रम आयोजना गरेको संगठनका जिल्ला अध्यक्ष सिताराम अधिकारीले बताउनु भयो ।

कार्यक्रमकै अवसरमा यस बर्ष शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कारबाट समनित हुनुभएका भक्ति नमुना माध्यामिक बिद्यालयका सहायक प्र अ नवराज अधिकारीलाई सम्मान समेत गरिएको छ ।

यसैगरी, यस बर्ष शिक्षक सेवा आयोबाट पा्रबि र आधारभूत तहमास नाम निकाल्न सफल शिक्षकलाई पनि सम्मान गरिएको छ ।

संगठनका वरिष्ठ उपाध्यक्ष पुष्पराज घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संगठनका उपाध्यक्ष लोकहरि मरहट्ठाले संचालन गर्नुभएको हो ।

संगठनका जिल्ला अध्यक्ष अधिकारीको संयोकत्वमा १ सय ५ सदस्यीय जिल्ला परिषद गठन गरिएको बताइएको छ ।


FLASH NEWS