आज:  | Mon, 01, Mar, 2021

कार्तिक १ देखी ९ गतेसम्म महायज्ञ संचालन हुने ,क्याम्पसमा स्नातोकोत्तर तह संचालन गर्ने उद्धेश्य

रेडियो भोटेओडार २७ आश्विन २०७६, सोमबार १३:०० मा प्रकाशित ( १ साल अघि) १४९७४ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका ९ कृष्ण बगैँचामा आउँदो कार्तिक १ गतेदेखी ९ गतेसम्म शैक्षिक, धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवम् ऐतिहासिक संगीतमय लीलामय श्रीमद्भागवत विराट नवाह ज्ञान महायज्ञ संचालन हुने भएको छ ।
सुन्दरबजार नगरपालिका ९ मा रहेको भक्ति आदर्श क्याम्पसको आयोजनामा यस महायज्ञ संचालन हुन लागेको हो ।
क्यषम्पसले आइतबार भोटेओडारमा पत्रकार भेटघाट कार्यक्रममार्फत महायज्ञ संचालन हुनबारे जानकारी गराएको हो ।
क्याम्पसको निर्माणाधीन भवनलाई सम्पन्न गरी स्नातोकोत्तर तह संचालन गर्ने, शैक्षिक गुणस्तर वद्धि गर्ने र क्याम्पसलाई कम्पाउण्डिङ गर्ने उद्धेश्यले महायज्ञ संचालन गर्न लागिएको पत्रकार भेटघाटमा क्याम्पसका अध्यक्ष एवा् भक्ति आदर्श बहुमुखी क्याम्पस महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक धु्रवबहादुर कुवँरले बताउनुभयो ।

उहाँका अनुसार हाल यस क्याम्पसमा झण्डै २ सय विद्यार्थी अध्ययनरत छन् ।
पत्रकार भेटघाट कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले पवित्र उद्धेश्य लिएर महायज्ञ संचालन गर्न लागेको खुशी व्यक्त गर्नुभयो । यसैगरी, उहाँले क्याम्पसले भौतिक पक्षको विकाससंगै शैक्षिक पक्षको विकासमा पनि जोड दिन आग्रह गर्नुभयो ।

महायज्ञलाई सफल पार्नका लागि ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । विभिन्न ९ उपसमिति गठन गरिएको छ । बाँकी उपसमिति गठन गर्ने प्रकृयामा रहेको समितिले जनाएको छ ।
पत्रकार भेटघाटमा नेकपा सुन्दरबजार नगर कमिटिका अधयक्ष भीमबहादुर गुरुङ, जिल्लाका क्रियाशिल पत्रकार लगायत महायज्ञ मूल समारोह समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


FLASH NEWS