आज:  | Mon, 01, Mar, 2021

भारतमा सम्पन्न कराते च्याम्पियनसिपमा लमजुङ भोटेओडारका प्रेमलाई रजत पदक

रेडियो भोटेओडार २९ आश्विन २०७६, बुधबार १२:४४ मा प्रकाशित ( १ साल अघि) ३५३२३ पाठक संख्या

राजन परियार,लमजुङ

भारतमा सम्पन्न “छैटौँ खुल्ला इन्डोनेपाल कराते च्याम्पियनसिप २०१९” मा लमजुङ भोटेओडारका पे्रम बहादु गुरुङले रजत पदक हात पार्नु भएको छ । अल इन्डिया वादोरियो कराते सँघको आयोजनामा भएको च्याम्पियनसिपमा गुरुङले ६७ केजी सिनियर पुरुष समुह तर्फ रजत पदक जित्नु भएको हो । त्यस्तै गुरुङले सिनियर पुरुष एकल कातामा कास्य पदक हात पार्नु भएको छ । प्रतियोगिता भारतको उत्तरखण्ड हल्द्वनी नैनितालमा अक्टोवर १२ र १३ असोज २६ र २७ गते भएको हो ।
हाल मस्र्याङ्दी कराते डोजोका प्रमुख प्रशिक्षक रहनुभएका गुरुङले गत साल भारतको जयपुरमा भएको तेस्रो आई एम एस अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६० केजि समुह तर्फ प्रथम हुनु भएको थियो ।
बिगत १० बर्ष देखि खेल क्षेत्रमा निरन्तर लागिरहनु भएका गुरुङलले अहिले सम्म दर्जनौँ क्षेत्रीय, र्राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय प्रतियोगितामा समभागि भई पदक हासिल गर्नु भएको छ ।
भारतको १६५ र नेपालबाट ४० जनाको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा नेपालले १० स्वर्ण ११ रजत पदक जित्न सफल भएको छ ।


FLASH NEWS