Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

तिहारलाई लक्षित गर्दै लमजुङका बजार अनुगमन

रेडियो भोटेओडार ५ कार्तिक २०७६, मंगलवार १२:४९ मा प्रकाशित ( ४ साल अघि) २७०९१ पाठक संख्या

श्यामशितल परियार
नजिकिदैँ गरेको तिहार लगायतका पर्वलाई लक्षित गर्दै लमजुङका मुख्य बजारमा बजार अनुगमन गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लमजुङ र स्थानीय सरकार लगायतका सरोकारवाला निकायहरुले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

एक दिन बेसीशहर र एक दिन सुन्दरबजारमा गरी दुई दिनसम्म गरिएको बजार अनगमनका क्रममा किराना पसलहरुमा म्याद गुज्रेका सामानहरु भेटिएको, कतिपय पसलमा नापतौल नवीकरण नगरिएको, बोर्ड, मूल्यसूची नटाँसिएको र कतिपय पसल बिना दर्ता नै संचालनमा रहेको भेटिएको बजार अनुगमनका संयोजक एवम् गुणस्तर तथा नापतौल कार्यालय, पोखराका निरीक्षक युवराज अधिकारीले बताउनुभयो ।

‘किराना पसल, ग्रिल उद्योग र हार्डवेयर पसलको अनुगमन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘किराना पसलमा भेटिएका म्याद गुज्रिएका सामान अनुगमन टोलीले नष्ट गरेको छ ।’

अनुगमनका क्रममा विगतमा दिइएका निर्देशन पालना नभएको बताउँदै अनुगमनका एक सदस्य एवम् राष्ट्रिय उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारीले बजार अनुगमनलाई निरन्तरता दिई उपभोक्ताको हक– अधिकार सुरिक्षत गर्नुका साथै मर्यादित रुपमा व्यवसायीले व्यापार–व्यवसाय गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो ।

बजार अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुनाथ पौडेल, विपिन पुरी, घरेलु तथा साना उद्योग कार्यालय, लमजुङका प्रमुख तोपलाल भुषाल, जिल्ला प्रशासन कार्यालय लमजुङका नासु दासीराम लामिछाने, लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाइका अध्यक्ष सोमबहादुर न्यौपाने, सुन्दरबजार नगरपालिकाका दिपेन्द्र पण्डित लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।


FLASH NEWS