आज:  | Tue, 27, Jul, 2021

भोटेओडारमा संचालित महायज्ञको बिहिबारसम्ममा ४१ लाख बढि दान रकम संकलन

रेडियो भोटेओडार ७ कार्तिक २०७६, बिहीबार १७:३८ मा प्रकाशित ( १ साल अघि) १५३९४ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडार कृष्ण बगैँचामा शैक्षिक धार्मिक तथा साँस्कृतिक महाहोत्सव एवम् ऐतिहासिक संगीतयम लीलामय श्रीमद्भागवत विराट वनाह ज्ञान महायज्ञ संचालन भइरहेको छ ।
भक्ति आदर्श बहुमुखी क्याम्पसद्धारा संचालित महायज्ञको बिहिबार सातौँ दिन ।
महायज्ञमा बिहिबार मात्रै झण्डै १२ लाख रुपैयाँ दान रकम संकलन भएको छ । महायज्ञको सातौँ दिनसम्मा कुल ४१ लाख बढि दान रकम संकलन भएको महायज्ञ सचिवालय सदस्य एवम् क्याम्पसका उपप्राध्यपक हिराबहादुर कार्कीले जानकारी दिनुभयो ।
बिहिबार महायज्ञको पहिलो सत्रमा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
महायज्ञमा बोल्दै नगरप्रमुख पाण्डेले दाताहरुबाट संकलित दान रकमको सही सदुपयोग गर्न आयोजकलाई आग्रह गर्नुभएको छ । क्याम्पसलाई नगरपालिकाले सक्दो सहयोग गर्ने उहाँले बताउनुभएको छ ।
यस्तै, बिहिबार महायज्ञको दोश्रो सत्रमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
महायज्ञमा बोल्दै अध्यक्ष गुरुङले सबै एक भई अघि बढेमा महायज्ञ संचालन गर्नुको उद्धेश्य पुरा हुनसक्ने बताउनुभएको छ।
क्याम्पसलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने उहाँले बताउनुभएको छ ।
भक्ति आदर्श बहुमुखी क्याम्पसद्धारा संचालित महायज्ञमा बिहिबार पनि भक्तजनहरुको उलेख्य सहभागिता रहेको थियो । महायज्ञमा बालयोगेश्वर महाराजबाट धार्मिक कथा वाचन भइरहेको छ ।


क्याम्पसको निर्माणाधीन भवनलाई सम्पन्न गरी स्नातोकोत्तर तह संचालन गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने र क्याम्पसलाई कम्पाउण्डिङ गर्ने उद्धेश्यले महायज्ञ संचालन गरिएको क्याम्पसका अध्यक्ष एवम् भक्ति आदर्श बहुमुखी क्याम्पस महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक धु्रवबहादुर कुवँरले बताउनुभयो ।
गएको कार्तिक १ गतेदेखी सुरु भएको महायज्ञ कार्तिक ९ गतेसम्म चल्नेछ ।


FLASH NEWS