आज:  | Tue, 27, Jul, 2021

बेलघारीमा २२ गते एकादशी मेला लाग्दै, मेलामा खुल्ला नृत्य प्रतियोगिता हुने

रेडियो भोटेओडार १७ कार्तिक २०७६, आईतवार १२:३१ मा प्रकाशित ( १ साल अघि) २८८७६ पाठक संख्या

 

राजन परियार –

हरिबोधनी एकादशीको अवसरमा लाजुङ्गको दोर्दी गाउपालिका १ बेलघारीमा एकदशी मेला लागने भएको छ । बेलघारी युवा क्लवको आयोजनामा कार्तिक २२ गते हरिबोधनी एकादशीका दिन मेला लागने भएको हो ।
बेघारीमा पुर्खौ देखि एकादशी मेला लाग्दै आएको छ । पछिल्लो समय यो मेलाको महत्व क्रमिक रुपमा हराउदै गएको छ । ‘हामी सानो हुदा बेलघारीमा ठुलो मेला लाग्ने गथार्,े हजारौँ मान्छे हरुको भिड हुन्थो, गाँउमा नियाालो र बाँसको चोयाबाट बनेका बिभिन्न हस्तकलाका समाग्रीहरु डोको, नाम्लो, नाङ्गलो, भकारी स्याखु लगायतका सामाग्रीहरुले बजार पुरै ढाकेको हुन्थो’, स्थानिय हर्क कुमार श्रेष्ठले भन्नु भयो ।
अहिले मेलाको महत्व पनि घट्दै गएको छ ।
संस्कार संस्कृति लोप हुँदै गएकाले यसको जर्गेनाका लागि एकदशी मेला सञ्चालन गर्न लागिएको क्लवका सचिव सुब्वा गुरुङले बताउनु भयो । उहाका अनुसार यस बर्ष एकादशी मेलामा खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुने समुहलाई रु १० हजार रुपैयाँको साथमा प्रमाण प्रत्र प्रदान् गरिने छ भने द्धितिय हुने समुहलाई रु ६ हजारको साथमा प्रमाण प्रत्र प्रदान गरिने भएको छ ।
त्यस्तै मेलाकै अवसरमा छेलो हान्ने प्रतियोगिता पनि हुने भएको छ । यस प्रतियो गितामा प्रथम र द्धितिय हुने लाई क्रमश् ६ हजार र २ हजार ५ सय प्रदान गरिने भएको छ ।
मेलामा बिविध सँस्कृतिक कार्यक्रमको साथमा मनोरञ्जनात्मक खेलकुद पनि सञ्चालन गरिने सचिव गुरुङले बताउनु भएको छ ।


FLASH NEWS