आज:  | Tue, 27, Jul, 2021

धानमा बाला नलागेपछि लमजुङ दोर्दीका किसान चिन्तित

रेडियो भोटेओडार १८ कार्तिक २०७६, सोमबार १५:२० मा प्रकाशित ( १ साल अघि) २२७८६ पाठक संख्या

 

बिमला अधिकारी-

उन्नत जातको भन्दै गरिमा, बेलना शंकर, सुधा नामको धानको बीउ लगाएका लमजुङको दोर्दी गाउँपालिकाकाको विभिन्न क्षेत्रका किसान फल नलागेपछि चिन्तित बनेका छन् ।
गाउँपालिकाको वडा नम्बर–८, मा बन्सारको दुवारमा अधिकांश कृषकले लगाएको धानमा बाला नलागेको हो । काट्ने बेला भइसक्दा पनि धानमा बाला नलागेपछि किसान निराश भएका कार्यपालिका सदस्य लालमाया मिजारले बताउनुभयो ।
दुवाँर गाउँका मात्रै झण्डै ४० रोपनी क्षेत्रफलमा लगाइएको धानमा बाला नलागेको उहाँले बताउनुभयो । ‘हली गोरु खेतालाको ज्याला आफ्नो मेहेनत सबै खेर गयो वर्षभरी खाने खेतीमा बाला नै लागेन खेतमा जादा रुन मन लाग्छ,’ स्थानीय हितराना मगरले भावुक हुँदै भन्नुभयो, ‘रोप्नलाई ५, ६ दिन लाग्यो उन्नत जातको धेरै फल्लने भनेर सुधा जातको धान लगाए अहिले धन्क्याउने बेलामा बाला लागेन ।’
यस्तै, दुवार गाउँकै सर्मिला तामाङको पनि पिडा उस्तै छ । हलिगोरु खेतला, आफ्नो मेहनत सबै खेर गयो । थन्क्याउने बेलामा धानामा बाला लागेन,’ उहाँले दुखेसो पोख्नुभयो ।
अहिले धान काट्ने र थन्क्याउने बेला भए पनि धानमा बाला नलागेपछि उहाँमात्रै होइन गाउँका प्राय ः सबै किसान चिन्तित छन् । दोर्दी गाउँपालिका कृषि प्रसार अधिकृत गोबिन्दराज सेढाईले गाउँपालिकाको दुवार, अर्चलबोट लगायका केही किसानहरुले फोटो सहितको निवदेन पेश गर्दै क्षतिपूर्ति माग गरेको बताउनु भयो ।


FLASH NEWS