आज:  | Sun, 28, Feb, 2021

भैलोबाट उठेको रकम पञ्चेबाजा सिकाई तालिम केन्द्र निर्माणमा खर्चने : पञ्चेबाजा संरक्षण गर्ने उद्धेश्य

रेडियो भोटेओडार १८ कार्तिक २०७६, सोमबार १७:३२ मा प्रकाशित ( १ साल अघि) १९३४२ पाठक संख्या

राजन परयार-
लमजुङको सुन्दबजार नगरपालिका ९ पैरेमा रहेको प्यार्दी मस्र्याङदी परियार समाजले भैलो खेलेर महाकालि देविको मन्दिर तथा पञ्चेबाजा सिकाई तालिम केन्द्र निर्माण गर्ने भएको छ ।
भाई टिकाको अघिल्लो दिन बाट पञ्चेबाजासहित भैलो खेल्न सुरु गरेको परियार समाजले अझै बजारी क्षेत्रमा देउसीभैलो खेलिरहेका छन् ।

परियार समाजका अध्यक्ष दान बहादुर परियारले भैलोबाट उठेको रकम महाकालि देबिको मन्दर निर्माणमा र पञ्चेबाजा सिकाई तालिम केन्द निर्माणका लागि खर्चने बताउनुभएको छ ।
‘पछिल्लो समय नयाँ पुस्तामा पञ्चेबाजाप्रति खासै चासो छैन । यो सँस्कृति हराउँदै गएको छ । त्यसैले पञ्चे बाजा संरक्षणका लागि पञ्चे बाज सिकाई तालिम केन्द्र निर्माण गर्ने उद्धेश्यले भैलो खेलेका हौँ,’ परियारले भन्नुभयो ।
आफ्नो मौलिक जातीय सँस्कृति संरक्षणमा जुटिरहेको समाजका सचिव दिपक परियारले बताउनुभयो ।
उहाका अनुसार परियार समाजले फेदिकुना, पैरे, सिउडिबार, धारापानि, बालुने,भोटेओडार तल्लोबजार, नँयाबजार, कृष्ण बगैँचा लगायका टोलहरुमा पञ्चेबास सहित खेलिएको भैलोबाट १ लाख ५० हजार रुपैयाँ संकलन भएको छ ।
भैलो अभियानमा परियार समाजका महिला पुरुष गरी २१ जनाको उपस्थिति रहेको थियो ।


FLASH NEWS