आज:  | Tue, 27, Jul, 2021

महेन्द्र मन्दिर मावि परेवाडाँडामा महायज्ञ जारी : महायज्ञको तेश्रो दिन मंगलबारसम्मा ८ लाख बढि दान रकम संकलन

रेडियो भोटेओडार १९ कार्तिक २०७६, मंगलवार १७:५१ मा प्रकाशित ( १ साल अघि) १०९६३ पाठक संख्या

राजन परियार-
लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडामा रहेको महेन्द्र मन्दिर माध्यमिक विद्यालय प्रांगणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक तथा शैक्षिक महोत्सव संचालन भइरहेको छ । विद्यालयमा संचालित महायत्रज्ञको मंगलबार तेश्रो दिन

बिद्यालयका प्रधानाध्यापक बुद्धि बहादुर खड्काले  ५० हजार थप गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गर्नु भएको छ । त्यस्तै मङगलबार नै गणेश बहादुर खड्काको सपरिवारले १ लाख ११ हजार १ सय १७ रुपैयाँ,हरी बहादुर तिवारीले ५१ हजार १ सय ५१ रपैयाँ दान गर्नु भएको छ ।

मंगलबार महायज्ञमा सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयको समग्र पक्षको विकासका लागि नगरपालिकाका साथै आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आइतबारबाट सुरु भएको महायज्ञ कात्तिक २५ गतेसम्म सञ्चालन हुने छ । विद्यालयको सर्वाङ्गीण पक्षमा सुधार गर्दै विद्यालयलाई आर्थिक रुपले सबल बनाई प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन गर्ने उद्धेश्यका साथ विद्यालयमा महायज्ञ संचालन गरिएको विद्यालयले जनाएको छ ।
महायज्ञमा धार्मिक अभियन्ता पण्डित वासुदेव घिमिरेको संकल्पमा युवा पण्डित इश्वर रेग्मीको मुखारविन्दबाट संगीतमय कथा वाचन भइरहेको छ ।


FLASH NEWS