आज:  | Sun, 28, Feb, 2021

परेवाडाँडाको महेन्द्र माविमा संचालित महायज्ञको बुधबार चौथो दिनः १२ लाख बढि दान रकम संकलन

रेडियो भोटेओडार २० कार्तिक २०७६, बुधबार १९:५३ मा प्रकाशित ( १ साल अघि) ९६४० पाठक संख्या

राजन परियार-
लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडामा रहेको महेन्द्र मन्दिर माध्यमिक विद्यालय प्रांगणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक तथा शैक्षिक महोत्सव संचालन भइरहेको छ । विद्यालयमा संचालित महायत्रज्ञको बुधबार चौथो दिनसम्मा १२ लाख भन्दा बढि दान रकम संकलन भएको छ ।
बुधबार महायज्ञमा जिल्ला समन्वय समिति लमजुङका उपप्रमुख धनमाँया तामाङको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले महायज्ञमा बोल्दै कार्यक्रम सफलताको सुभकामना सहित व्यक्तिगत रु १० हजार रुपैयाँ दान दिने घोषण गर्नु भएको छ ।
सोही कार्यक्रममा बिशेष अतिथि समेत रहनु भएका सुन्दबजार नगरपालिका २ परेवाडाँडाका कार्यबहाक वडा अध्यक्ष जगत् बहादुर खड्काले आफ्नो वडाले बिद्यालयको शैक्षिक बिकासका लागि २ लाख ५० हजार रुपैयाँ समयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
बुधबार महायज्ञको चौथो दिन सबैभन्दा धेरै दान रकम सुन्दरबजार नगरपालिका ६ खत्रिठाँटीका रामजी श्रेष्ठले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ दान गर्नु भएको छ । त्यस्तै खत्रिठाँटीका छविलाल श्रेष्ठले ५५ हजार ५ सय ५५रुपैयाँ, महेनद्र मनिदर माबिका पुर्व प्रअ तारा महादुर अधिकारीले ५१ हजार १ सय ८ रुपैयाँ दान दिनु भएको बिदालयका प्रधानाध्यापक बुद्धि बहादुर खड्काले जानकारी दिनु भयो ।
आइतबारबाट सुरु भएको महायज्ञ कात्तिक २५ गतेसम्म सञ्चालन हुने छ । विद्यालयको सर्वाङ्गीण पक्षमा सुधार गर्दै विद्यालयलाई आर्थिक रुपले सबल बनाई प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन गर्ने उद्धेश्यका साथ विद्यालयमा महायज्ञ संचालन गरिएको विद्यालयले जनाएको छ ।
महायज्ञमा धार्मिक अभियन्ता पण्डित वासुदेव घिमिरेको संकल्पमा युवा पण्डित इश्वर रेग्मीको मुखारविन्दबाट संगीतमय कथा वाचन भइरहेको छ ।


FLASH NEWS