आज:  | Tue, 27, Jul, 2021

परेवाडाँडाको महेन्द्र माविमा संचालित महायज्ञको शनिबार सातौँ दिनः३७ लाख दान रकम संकलन

रेडियो भोटेओडार २३ कार्तिक २०७६, शनिबार २०:३० मा प्रकाशित ( १ साल अघि) १४५५४ पाठक संख्या

राजन परियार-
लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडामा रहेको महेन्द्र मन्दिर माध्यमिक विद्यालय प्रांगणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक तथा शैक्षिक महोत्सव संचालन भइरहेको छ । विद्यालयमा संचालित महायत्रज्ञको शनिबार सातौँ दिनसम्म ३७ लाख भन्दा धेरै दान रकम संकलन भएको छ । बिद्यालयको अनुसार शनिबार मात्रै १२ लाख भन्दा धेरै दान रकम संकलन भएको छ ।
महायज्ञको सातौँ दिन शनिबार मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेको प्रमुख आतिथयता रहेको थियो । उहाँले महायज्ञमा बोल्दै आफनो नगरपालिकाबाट बिद्यालयको शैक्षिक बिकासका लागि रु १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ, साथै उहाँले व्यक्तिगत रु २५ हजार १ सय १० रुपैयाँ दान गर्नु भएको छ ।
महायज्ञको सातौँ दिन शनिबार सबै भन्दा धेरै दान रकम स्थानिय पद्मकुमारी पाण्डेको स–परिवारले स्व.श्रीमान पुष्पराज गुरु घरनाको सम्झनामा रु १ लाख ५५हजार ५ सय ५५रुपैयाँ दान गर्नु भएको छ । त्यस्तै महायज्ञमा स्थानिय बुकुनी माया श्रेष्ठले ५५ हजार ५ सय ५५ रुपैयाँ, स्थानिय फाडिन्द्रराज पाण्डेले ५१ हजार १ सय ११ रुपैयाँ,मैया बस्नेतले ५१ हजार १ सय रुपैयाँ, राजेन्द्र बस्यालले २५ हजार ५ सय ५५ रुपैयाँ, खत्रीठाटीका आन्द्रराज श्रेष्ठले २५ हजार १ सय २५ रुपैयाँ, स्थानीय नबिन कुमार श्रेष्ठले २५ हजार १ सय ५ रुपैयाँ,रामकृष्ण सेढाईले २५ हजार १ सय १ रुपैयाँ, बिष्णु बहादुर बस्नेतले २५ हजार ५ सय ५५ रुपैयाँ, जानकी तुलाधर पाण्डेले २५हजार १ सय २५ रुपैयाँ, रत्नमान श्रेष्ठ एवं बिष्णु माया श्रेष्ठले २५ हजार ५ सय ५५ रुपैयाँ, सुन्दरबजार नगरपालिका वडा नम्बर २ परेवाडाँडामा रहेको देराली आमा समुहले २५ हजार ५ सय २५ रुपैयाँ दान दिनु रकम दिनु भएको बिद्यालयका प्रधानाध्यापक बुद्धि हबादुर खड्काले रेडियो भोटेओडारलाई जानकारी दिनु भयो ।
आइतबारबाट सुरु भएको महायज्ञ कात्तिक २५ गतेसम्म सञ्चालन हुने छ । विद्यालयको सर्वाङ्गीण पक्षमा सुधार गर्दै विद्यालयलाई आर्थिक रुपले सबल बनाई प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन गर्ने उद्धेश्यका साथ विद्यालयमा महायज्ञ संचालन गरिएको विद्यालयले जनाएको छ ।
महायज्ञमा धार्मिक अभियन्ता पण्डित वासुदेव घिमिरेको संकल्पमा युवा पण्डित इश्वर रेग्मीको मुखारविन्दबाट संगीतमय कथा वाचन भइरहेको छ ।


FLASH NEWS