आज:  | Thu, 25, Feb, 2021

लमजुङको सुन्दरबजारमा बस्ती विस्तारसंगै खानेपानीको माग बढ्दोः खानेपानीको समस्या समाधानका लागि नगरपालिका अघि बढ्ने

रेडियो भोटेओडार २३ कार्तिक २०७६, शनिबार २०:४९ मा प्रकाशित ( १ साल अघि) ९६६१ पाठक संख्या

 

श्यामशितल परियार-

लमजुङको सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले सुन्दरबजार नगरपालिकामा खानेपानीको माग बढ्दो रहेको बताउनुभएको छ ।
सुन्दरबजारको बजारी क्षेत्रमा तिव्र बस्ती विस्तारसंगै खानेपानीको माग पनि बढ्दो रहेको र सीमित श्रोत र साधनका बीचमा विभिन्न खानेपानी आयोजनाले आवश्यकता अनुसार पानी वितरण गर्न नसकिरहेको उहाँले बताउनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–७, मा रहेको सुन्दरबजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवौँ वार्षिक साधारणसभाको शनिबार सुन्दरबजारमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘सुन्दरबजारको बजारी क्षेत्रमा मात्र होइन । ग्रामीण क्षेत्रमा पनि खानेपानीको समस्या छ । नगरमा खानेपानीको समस्या समाधानका लागि नगरपालिका अघि बढ्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मिश्रले स्थानीय श्रोतको संरक्षण, सदुपयोगका साथै न्यायोचित वितरणमा ध्यान दिनु पनि उतिक्कै आवश्यक रहेको बताउनुभएको छ ।
सुन्दरबजार खानेपानीका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमकै अवसरमा अध्यक्ष गुरुङले संस्थाको वार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गुरुङले सुन्दरबजार नगरपालिका वडा नं ६ र ७ मा तिव्र बस्ती विस्तारसंगै खानेपानीको माग पनि बढदो रहेको बताउनुभयो । सीमित श्रोत र साधनका भरमा पर्याप्त मात्रामा उपभोक्तालाई पानी वितरण गर्न नसकिएको बताउँदै उहाँले यस नगरमा खानेपानीको समस्या समाधानका लागि सम्वन्धित निकायले ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ ।
उहाँका अनुसार सुन्दरबजार खानेपानीले १२ सय २६ घरधुरीलाई पानी वितरण गर्दै आएको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले ६५ लाख ८० हजार ४ सय १२ रुपैयाँ ९२ पैसा बराबरको आर्थिक वर्ष २०७५÷७६ को आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा खानेपानी डिभिजन कार्यालय लमजुङका इन्जियिनयर शम्भुराज खनालको विशेष उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष भोजबहादुर गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा सुनपा–७, का वडाअध्यक्ष जयराम रेग्मी, समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार सदस्य ऋषिराम पोखरेल, नेपाली कांग्रेसका किरण पण्डित, नेपाली कांग्रेस जिल्ला विशेष अधिवेसन तयारी समिति सुन्दरबजारका संयोजक द्धारिकाप्रसाद मिश्र, राप्रपाका वोजबहादुर थापा, लमजुङ उद्योग वाणिज्य संघ लमजुङका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ, नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, उपभोक्ता बुद्धिनाथ अधिकारी लगायतले बोल्दै पानी अपरिहार्य चीज रहेकाले पर्याप्त रुपमा शुद्ध पानी जनताका घरघरमा पुर्याउन सम्वन्धित सबै निकायले प्राथमकिताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिका साथै उपभोक्ताहरुको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रमकै अवसरमा उत्कृष्ट कर्मचारी, जग्गादातालाई सम्मनित गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सहसचिव नेत्रबहादुर गुरुङले गर्नुभएको हो ।


FLASH NEWS