आज:  | Thu, 25, Feb, 2021

सिर्जनात्मक साकोसद्धारा निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर संचालन : एक सय बढि लाभान्वित

रेडियो भोटेओडार २९ कार्तिक २०७६, शुक्रबार १०:५० मा प्रकाशित ( १ साल अघि) ७३९३ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, धारापानीमा रहेको सिर्जनात्मक साकोसले निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर संचालन गरेको छ ।
विश्व मधुमेह दिवसको अवसरमा साकोसको आयोजना एवम् सुन्दरबजारमा रहेको लक्ष्मीनारायण रिलायवलल्यावको प्राविधिक सहयोगमा बिहिबार साकोसको मुख्य कार्यालय प्रांगणमा शिविर संचालन गरिएको हो ।
शिविरमा झण्डै एक सय जनाले निःशुल्क मधुमेह सुगर परीक्षण गराएको साकोसकी सह–सचिव सिर्जना बराल अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा भोटेओठार, सिउँडीबार, सुन्दरबजार, अर्चलबोट, उदीपुर लगायतका ठाउँबाट मानिसहरु आएका थिए ।
सहकारीले विगतदेखी नै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अवसरमा विभिन्न स्वास्थ्य शिविर संचालन गर्दै आएको र सोही कार्यक्रमलाई निरन्तरता दिनुका साथै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्धेश्यले मधुमेह दिवसको अवसरमा बिहिबार शिविर संचालन गरिएको साकोसका अध्यक्ष रामजी कडेँलले बताउनुभयो ।


FLASH NEWS