आज:  | Mon, 01, Mar, 2021

गोरखाको लिगलिगकोटमा नेपालको राष्ट्रिय झण्डाः पर्यटकको रोजाइमा

रेडियो भोटेओडार ३ मंसिर २०७६, मंगलवार १७:५४ मा प्रकाशित ( १ साल अघि) १४३०२ पाठक संख्या

 

राजन परियार-
गोर्खा जिल्लाको पर्यटकिय स्थलहरु मध्ये पालुङटार नगरपालिका २ मा रहेको लिगलिगकोट पनि एक उत्कृट पर्यटकिय स्थल हो । लिगलिगकोटमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकहरुको आगमन बढ्दै गएको छ ।
ऐतिहासिक भुमि, सांस्कृतिक धरोहर आधुनिक नेपालको उद्गमस्थल लिगलिगकोटमा ४० फिट उचाईको नेपालि राष्ट्रय झण्डा राखिएका छ । लिगलिगकोटमा झण्डा हेर्न र झण्डा संँग फोटो खिच्न आनेहरु दिन प्रति दिन बढदै गएको पालुङटारनगरपालिका २ का वडा अध्यक्ष लोकनाथ  वाग्लेले बताउनु भयो ।
पछिल्लो समय पर्यटकहरुको अध्यानको केन्द्र भन्दै गएको  लिगलिगकोटमा  पर्यटन प्रबर्दनका लागि विशाल झण्डा राखिएको वाग्लेको भनाई छ । लिगलिग कोटबाट बौद्ध हिमाल, मनास्लु हिमाल,माछापुच्छ्रे हिमाल, लगायत लमजुङ तनहुँ र गोर्खा जील्लाका बिभिन्न मनोरम दृश्यहरुको बवलोकन गर्न सकिन्छ

यहाँ बिशेष गरि शनिबार आन्तरीक पर्यटकहरुको भिड लाग्ने गर्छ । उहाँका अनुसार यहाँ हरेक बर्ष लिगेलिगे दौड प्रतियोगिता सञ्चालन हुन्छ । यो दौड प्रतियोगिता लिगलिग बिकास अभियनको सकृयतामा २०६७ सालबाट सुरु भएको हो ।
लमजुङको बलिथुम स्काई क्लव र देउराली स्काई क्लवले गएको शनिबार लिगिलगकोटको अबललोकन भ्रमण गरेको छ । भ्रमणले आफुलाई निकै खुशी मिलेको देउरालि स्काई क्लवका लिडर बिनिता थापा बताउनु हुन्छ ।


यस लिगलिग कोटमा बि.स १६१६ मा शहावंशिय राजा द्रव्यशहाले शासन गरेको किंवदन्ती रहेको छ । अझै पनि यस स्थनमा राजाको पालमा बनाईएको दरबारको भग्नावशेष हरु सुरुक्षीत रहेको छ । यहि भग्नावशेष अवलोकन गर्न काठमाण्डौँ बाट नरायण प्रसाद गैरे लिग लिग कोट आई पुग्नु भएको छ ।
लिगलिगकोटमा लिगलिग कालिका मन्दिर, भुमेथान,लगायतका थुपै मन्दिरहरु पनि छन । यहाँ बिभिन्न पशुबलि चढाईनुका साथै दैनिक निम पुजा गर्ने गरिन्छ । लिगलिग कोटको पर्यटन प्रवद्र्धन गर्न सके स्थानियको जीवन स्तर उकास्न सकिन्छ ।


FLASH NEWS