आज:  | Thu, 25, Feb, 2021

लमजुङको भोटेओडारमा आँखा उपचार केन्द्र सञ्चानः नागरीकको स्वास्थयमा पहुच पुराउने उद्धेश्य

रेडियो भोटेओडार ७ मंसिर २०७६, शनिबार १२:५७ मा प्रकाशित ( १ साल अघि) १६९४८ पाठक संख्या

 

राजन परियार-
लमजुङको सुन्दरबजार नगरपाकिा ८ भोटेओडार कृष्ण बगैँचमा भोटेओडार आँखा उपचार केन्द्र सञ्चानमा आएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग र सुन्दरबजार नगरपालिकाको समन्वयमा भोटेओडार आँखा उपचार केन्द्र शुक्रबार देखी सञ्चालनमा आएको हो ।

शुक्रकार एक कार्यक्रमका बिच पहिलो पक्ष हिमालय आँखा अस्पताल पोखराका अध्यक्ष एवं बरिष्ठ अधिवक्त कृष्ण बहादुर गुरुङ, चिफ मेडिकल डाइरेक्टर इन्द्रमान महार्जन  र दोेस्रो पक्ष सुन्दबार नगरपालिकाका प्रमुख जनकराज मिश्रले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरि औपचारिक रुपमा भोटेओडार आँखा उपचार केन्द सञ्चालनमा आएको घोषण गर्नु भएको हो ।

समझौता पत्रमा यदि कुनै कारणबस केन्द्र बन्द हुने अवस्थामा आयो भने हिमालय आँखा अस्पतालले आफुले सहयोग गरेको प्रबिधिक समाग्री फिर्त लैजाने शर्त राखेको छ । अस्पतालले यस्तो शर्त राख्नुको कारण नगरपालिकाले उपचार केन्द्रको राम्रो व्यवस्थापन गरोस भनेर हो अस्पतालका अध्यक्ष गुरुङले भन्नु भयो ।
नगरपालिका प्रमुखु मिश्रले आफनो नगरमा आँखा उपचार केन्द्र सञ्चानमा आउदा धेरै खुशी लागेको छ, यसकोे राम्रो व्यवस्थापनमा नगरपालिका सदैव सकरात्म रहन्छ । सम्भव भए सम्म आगामी बर्ष केन्द्रलाई हामी आफनै भवनमा सञ्चान गर्छौ मिश्रले भन्नु भयो । तत्कालका लागि केन्द्रलाई भक्ति आदर्श बहुमुखि क्याम्पसको भवनमा सञ्चालनमा ल्याइएको छ ।

उचार केन्द्र स्थापनाका लागि हिमालय आँखा अस्पलातले ५ लाख बराबको समाग्री उपलब्ध गरेको बताएको छ । नागरीकको स्वास्थयमा पहुच पुराउने उद्धेश्यले सञ्चालनमा ल्याईएको केन्दबाट ९० प्रतिशत रोगको समस्या भोटेओडारमै हुने हिमालय अस्पतालका चिफ मेडिकाल डाइरेक्टर डा. इन्द्रमान महार्जनले बताउनु भएको छ ।

समंयोजक उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा सुन्दरबजार नगरपालिका उपप्रमुख ज्ञानु शहा, स्वास्थ्य कार्यलय लमजुङका प्रमुख अमर दवाडी, सुन्दरबजार नगरपालिका ९ का वडा अध्यक्ष मोतिप्रसाद गुरुङ, ८ का वडा अध्यक्ष कृष्णकान्त अधिकारी, समाज सेवी लभराज ढकाल, लगायतले बोल्दै भोटेओडार आँखा उपचार केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको छ ।

भोटेओडार आँखा उपचार केन्द्रबाट नेत्र सहायक श्रीप्रसाद ढकालले सेवा प्रधान गर्नुहुने भएको छ । उहाँका अनुसार केन्द्रबाट आँखा सम्बन्धि सम्पुर्ण रोगहरुको परिक्षण,सामान्य शल्यक्रया, औषधी तथा चस्मा बितरणको साथमा उचित परार्मश सेवा प्रदान गरिने छ
भोटेआडारमा आँखा उपचार केन्द्र सञ्चालनमा आउदा स्थानियले खुशि व्यक्त गरेका छन ।


FLASH NEWS