आज:  | Tue, 27, Jul, 2021

बिद्यार्थीको उज्जवल भविष्यका लागि पहिलो गुरु अभिभावकः नगरप्रमुख मिश्र

रेडियो भोटेओडार १६ मंसिर २०७६, सोमबार १०:४२ मा प्रकाशित ( १ साल अघि) २३३११ पाठक संख्या

 

राजन परियार –

सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले बालिबालिको उज्ज्वल भविष्यका लागि पहिलो गुरु अभिभावकको महत्वपूर्ण भुमिका रहने बताउनुभएको छ । सुन्दरबजार नगरपालिका ९ मा रहेको भुपु लोटस मन्टेश्वरी स्कुलको ७ औँ बार्षिकउत्सव एवम अभिभावक दिवास कार्यक्रमलाइ शनिबार सम्बोधन गर्दै उहाँले विद्यालय अनि घर दुवैको वातारण बालमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयको भरमा मात्रै तपाईको बाबुनानिले प्रगति गर्न सक्दैनन, नगर प्रमुख मिश्रले भन्नुभयो घरपरिवार अनि समाज सबैको उत्तिकै महत्वपुर्ण हात हुन्छ, त्यसैले तपाईहरुले हेलचक्रयाई नगर्नुस,् तपाईको सानो कमजोरीले कलिला बालबालिका फुल्न र फर्किन नपाउँदै विग्रन सक्छन् ।
समय सापेक्ष शिक्षामा जोड दिदै प्रमुख अतिथी मिश्रले जग बलियो भएमात्रै सफलता हासिल गर्न सकिने भन्दै नयाँनयाँ प्रविधिको प्रयोग गरी बालमनोविज्ञानलाई ख्याल गर्दै गुणस्तरीय शिक्षा दिन विद्यालयलाई आग्रह गर्नुभएको छ ।

भुपू लोटस मन्टेश्वरीका फाउण्डर निर्देश खेम बहादुर गूरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्याप्सन लमजुङका अध्यक्ष मेन बहादुर घले, सुन्दरबजार नगरपालिका ९ का वडा अध्यक्ष मोति प्रसाद गूरुङ, जेष्ठ नागरीक समाज लजुङका अध्यक्ष नारायाण बहादुर कूवर, भक्ति आदर्श बहुमुखि कयाम्पसमा अध्यक्ष ध्रव बहादुर कूवर, भोटेओडार तार्दी खोला खानेपालि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बर बहादुर कार्की, सोही बिद्यालयका सल्लाहकार संयोजक प्रमोद कुवार श्रेष्ठ, अभिभावक रामचन्द्र कडेल ,पवित्र हड्खले लगायतले बोल्दै मन्टेश्वरीले गुणस्तरीय शिक्षमा जोड दिनु पर्ने बताउनु भयो ।
मन्टेश्वरीले आफ्नो बार्षिकउत्सवको अवसरमा बर्ष उत्कृष्ट शिक्षक जेन गूरुङ, बर्ष उत्कृष्ट अभिभावक प्रति गुरुङ लगायत बिभिन्न बिधामा उत्कृट बिद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
बिद्यालयका लेखापाल बिमला खड्काले बार्षिक प्रतिबेदन राख्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक मोहन भुजेलले गर्नु भएको थियो ।


FLASH NEWS