आज:  | Tue, 27, Jul, 2021

लमजुङको दोर्दी २ अर्चलबोटमा बर्थिङ सेन्टर सञ्चालनःमहिलाहरु हर्षित

रेडियो भोटेओडार १९ मंसिर २०७६, बिहीबार २१:४८ मा प्रकाशित ( १ साल अघि) २१२११ पाठक संख्या

राजन परियार-लमजुङको दोर्दी गाँउपालिका २ बर्चलबोट स्वाथ्य चौकिमा बर्थिङ सेन्टर(प्रसूति सेवा) सञ्चालमामा आएको छ । बर्थिङ सेन्टको बिहिबार दोर्दी गाउपालिकाका उपाध्यक्ष दिल बहादुर घलेले उद्धघाटन गर्नु भएको छ । सेन्टरको उद्धघाटन कार्यक्रममा घलेले दिगो बिकासको लक्ष्य अनुसार मातृ शिशु मृत्युदर घटाउने उद्धेश्यले सञ्चालमा ल्याईएको बर्थिङ सेन्टरले स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउने विश्वास व्यक्त गर्नु भएको छ । साथै उहाँले स्वास्थ्य चौँकिमा स्वास्थ्य सेवा तथा प्रसुति सेवको लागि पालिकाकाले सक्दो सहयो गर्ने बताउनु भएको छ ।

आर्थिक बर्ष २०७४÷२०७५ र २०७५÷४०७६ मा गाउँपालिका बाट रु ५ लाख र अर्चलबोट वडा कार्यलयबाट रु ५ लाख बजेट छुट्याइ बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको स्वास्य चौकिका अध्यक्ष एवम वडा अध्यक्ष गोबिन्द अधिकारीले बताउनुभयो ।
यस अघि अर्चलबोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ कतिपय महिहलाहरु जील्ला अस्पताल तथा अन्यत्र ठाउमा जनु परेको थियो भने कतिपय महिलाहरले त घरमेै प्रसाव पिडा सहेर प्रसुति गराउन बाध्य भएकाका थिए ।
मैले मेरो दुई शन्तान घरमै पिडा सहेर जन्माएको हँु, त्यतिबेला धेरै गाह्रो थियो अहिले त गाँउमै बर्थिङ सेन्टर खोलिएको छ । अर्चलबोटका अम्बिका मरठ्ठाले खुशि हुदै भन्नु भयो ।

बर्थिङ सेन्टरको उद्धघाटन कार्यकममा बिशिष्ट अतिथि स्वस्थ्य कार्यलय लमजुङका प्रुमख अमर दवाडी, जिल्ला समन्वय समिति लमजुङका सदस्य लाल बहादुर गुरुङ,दोदी गाउपाकिा कार्यलालिका सदस्य रमा कुवँर, , नेकपा दोर्दी २ का अध्यक्ष गणेश खत्री, लक्ष्मी नारायण माविका व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडले, समाजसेवी गिर बहादुर कुवँर,अलैचे केदार प्राविका प्रअ गोकुल प्रसाद रेग्मी लगायतले बेल्दै बर्थिङ सेन्टर निरन्तर सञ्चालन हुनु पर्नेमा जोड दिनु भयो ।
बर्थिङ सेन्टर उद्धघाटनको अवसरमा बिगत ५ बर्षदेखि अर्चलबोट स्वास्थय चौकिमा रहेर निरन्तर सेवा प्रदान गर्नु भएका स्वास्थ्य चौकिका निवर्तमान इन्चार्ज कर्म वाङ्गेल लामा, र खेम गु्रुङलाई धन्यवाद व्यक्त गर्दै बिदाई समेत गरिएको छ ।


लामा अर्चलबोट आउदा स्वास्थ्य चौकीको अवस्था नजुक थियो, भवन जिर्णहुदै गएको थियो । उहाँले आफु नियुक्ति भएर आएको पहिलो महिनाको तलव सहित रु २५ हजार स्वास्थ्य चौकिलाई प्रदान गर्दै स्वंम् आफेले नेतृत्व गरेर पालिका र स्थानिसँग आर्थिक रकम सङ्कलन गरि जिर्ण भवन पुननिर्माण अभियान थाली सफलता हात पर्नुभयो ।
स्वास्थ्य चौकिका निवर्तमान इन्चार्ज लामाकै नेतृत्वमा बर्थिङ सेन्टर र एम्बुलेन्स सेवा सञ्चालनमा आएको अर्चलबोट स्वास्थ्य चौकीले बताएको छ ।


FLASH NEWS