आज:  | Thu, 25, Feb, 2021

भारती सदन माबिको अध्यक्षमा पुन देवीजङ गूरुङः यस्तो छ नँया समिति

रेडियो भोटेओडार २१ मंसिर २०७६, शनिबार ०७:१८ मा प्रकाशित ( १ साल अघि) १९०४८ पाठक संख्या

राजन परियार
लमजुङको सुन्दरबजार नगरपालिका ८ बलिथुममा रहेको श्री भारती सदन माध्यामिक बिद्यालयको बिद्यालय व्यवास्थापन समितिको अध्यक्षमा देवीजङ्ग गुरुङ निर्वाचित हुनु भएको छ । सुन्दबजार नगरपालिका ८ का वडा अध्यक्ष कृष्णकान्त अधिकारीको संयोजकत्वमा भएको अभिभावको आम भेलाबाट गुरुङ सर्वसम्मत पुन अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
गूरुङको नेतृत्वमा भएको ९ सदस्यीय नँया समितिको सदस्यमा शारदा थापा,रामकृष्ण ढकाल,शुकमाँया गूरुङ, वडा समितिबाट मनोनीत वडा अध्यक्ष कृष्णकान्त अधिकारी, शिक्षक प्रतिनिधि सदस्य प्रेमराज सापकोटा,र सदस्य सचिव बिद्यालयका प्रअ ज्ञान बहादुर कार्की निर्वाचित हुनु भएको छ ।

प्रअ कार्कीका अनुसार बि.स. २०१२ सालमा स्थापना भएको बिद्यालयमा हाल १ सय ९० जना बिद्यार्थी रहेका छन । २०६७ ÷२०६८ सालबाट माबि सञ्चालनमा ल्याईएको बद्यालयमा  बिद्याथीहरुलाई यस बर्ष बाट बद्यिालयमै दिवा खाजाको व्यवस्था समेत गरिएको छ ।

बिद्यालयका सहायक प्रअ रबिन अधिकारीका अनुसार कक्षा १ देखी कक्षा ३ सम्मका बिद्यार्थीहरुलाई बिद्यालयमै जाउलो बनाएर खुवाउने गरिएको हो । उहाँका अनुसार दिवा खाजाले बिद्यार्थी सङ्ख्य बढाएको छ । साना कक्षाका बिद्यार्थीहरु खुशी हुदै बिद्यालय आउने गरेको छ, उहाँले भन्नु भयो ।


FLASH NEWS