आज:  | Tue, 27, Jul, 2021

राजनितिले बिद्यालयको शैक्षिक अवस्था कमजोर बनाउछः पुर्व मन्त्री गोबिन्दराज जोशी

रेडियो भोटेओडार २१ मंसिर २०७६, शनिबार ०७:३३ मा प्रकाशित ( १ साल अघि) १४५३३ पाठक संख्या

राजनपरियार-
पुर्व मन्त्रि गोबिन्दराज जोशिले राजनितिले बिद्यालयको शैक्षिक अवस्था कमजोर बनाउने बताउनु भएको छ ।
तनहँुको भानु नगरपालिका ११ मानेचौकामा रहेको त्रिभुवान क्यामपसको छैटौँ बार्षिकउत्सव एवम साभारण सभाको उद्धघाटन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
बिद्यालय शैक्षिक ज्ञान आर्जन गर्ने थलो हो, राजनिति गर्ने थलो होइन, राजनितिले बिद्यालयको शैक्षिक अवस्था बिर्गाछ त्यसैले शिक्षकहरु राजनितिक गुटका आधारमा जुटेर नभई, शैक्षिक समन्वय गरेर अघि बढ्नु पर्ने उहाले बताउनु भएको छ । साथै उहाँल क्यामपसले समय सापेक्ष प्राबिधिक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।
क्यामपस सञ्चालक समितिका अध्यक्ष एवम भानु नगर पालिकाका नगर प्रमुख उदयराज गौलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालि काङग्रेशका महासमिति सदस्य आनन्दराज त्रिपाठी,बालकुमारी लोहनी,नेकपाका जिल्ला कमिटि सदस्य गोविन्द्रराज मिश्र, भानु ११ का वडा अध्यक्ष तारानरेश पौडेल लगायतले बोल्दै क्यमपसले प्रबिधिक शिक्षामा जोडदिनु पर्ने बतानु भएको थियो ।
क्याम्पस प्रमुख रबिन्द्रराज जोशीले शैक्षिक प्रगति प्रतिबेदन राख्नु गर्नु भएको कार्यक्रमको सहजीकरण क्याम्पसका प्राध्यापक ईश्वर बोहोरले गर्नु भएको थियो ।


FLASH NEWS