आज:  | Tue, 27, Jul, 2021

लमजुङको पाउँदीमा बस दुर्घटना : एकको मृत्यू, ६ घाइते

रेडियो भोटेओडार २२ मंसिर २०७६, आईतवार ०९:४४ मा प्रकाशित ( १ साल अघि) ३८३०५ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका ७ पाउँदीमा बस दुर्घटना हुँदा एकको मृत्यू भएको छ । लमजुङ बेसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नंम्बरको यात्रुवहाक बस आइतबार बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट झण्डै १ सय २० मिटर तल पाउँदी खोलामा खस्दा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख छवबहादुर घर्तीका अनुसार बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आम्बुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको छ । उनीहरुको पनि पहिचान खुल्न सकेको छैन ।


नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएका हुन् ।
बस चालक तनहुँ भन्सारका कृष्ण आलेलाई प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


FLASH NEWS