आज:  | Mon, 01, Mar, 2021

बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग

रेडियो भोटेओडार २९ मंसिर २०७६, आईतवार ०७:२६ मा प्रकाशित ( १ साल अघि) १६९२७ पाठक संख्या

विमला अधिकारी 
वर्षौदेखिं खानेपानीको समस्या झेल्दै आएका लमजुङको दोर्दी गाउँपालिका ४ नौथर बाँसबोट, कोप्लिङ र कवकीका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् । दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” दोर्दी ४ नौथर कवकीका स्थानीय दिपसन गुरुङले भन्नुभयोे, “आज घरकै धारामा पानी खस्दा आश्चर्यमा परेका छौँ ।”
महिला आपसी सहयोग केन्द्र भारतेको १६ लाख, दोर्दी गाउापालिकाको ४ लाख, उपभोक्ताहरुको नगद २ लाख ९१ हजार र जनश्रमदान ६ लाख ६७ हजारको लागतमा नौथरको बाँसबोट, कोप्लिङ र कवकीमा १ घर १ धारा जडान भएपछि यहाँका स्थानीयमा खुशियाली छाएको छ ।
एक घर एक धारा अभियानको शनिवार दोर्दी गाउँपालीका उपाध्यक्ष दिल बहादुर घलेले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्देैउपाधयक्ष घलेले गाउँपालिकाका सबै घरमा पानीका धारा लैजाने आफूहरुको योजना रहेको सुनाउनुभयो । ‘हामीले एक घर एकधाराको अभियान ल्याएका छौं, कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उपाध्यक्ष घलेले भन्नुभयो ‘सजिव प्राणीको अत्यावश्यक रहेको पानीको समस्या अन्त्य गर्ने सोच छ ।’ सामुदायिक धारा तथा कुवाको पानी त्यहिँमाथि पनि हिउादमा मुहान सक्दा पानीको निकै समस्या झेलेका स्थानीयलाई घरमै धारा जडानपछि समयको वचत भएकोे सिस्नेखापानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष कुमसीङ तामाङले बताउनुभयो ।
अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नौथर गाउँ कमिटीका अध्यक्ष बुध बहादुर रम्तेल, वडा नं. ४ का वडाध्यक्ष सुक बहादुर गुरुङ, महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक योगेश घिमिरे, वडा सदस्य तुलमाया तामाङ, टोल सुधार समितिका अध्यक्ष लक्ष्मी गुरुङ, चैतन्यदय सत्य माविका पूर्व विद्यालय व्यवस्थापन समितिका अधयक्ष कल्याण अधिकारी लागायत सथानियहरुको उल्लेख्य उपस्थित रहेको थियो । सिस्नेखोलाबाट पानी ल्याई बाँसबोटमा ट्याङ्की निर्माण गरी घरघरमा खानेपानी वितरण गरिएको छ । जसबाट ४८ घरपरिवार लाभाविन्त भएका छन् ।


FLASH NEWS