आज:  | Mon, 01, Mar, 2021

प्रथम पिनाकल राष्ट्रय कराते प्रतियोगितामा लमजुङ ६ स्वर्ण सहित दोस्रो हुन सफल

रेडियो भोटेओडार २९ मंसिर २०७६, आईतवार १३:३२ मा प्रकाशित ( १ साल अघि) १८५४४ पाठक संख्या

राजन परियार
प्रथम पिनाकल राष्ट्रय कराते प्रतियोगिता २०१९मा लमजुङको कराते टोलि ६  स्वर्ण सहित दोस्रो हुन सफल भएको छ । शनिबार काठमाडौको पिनाकल बोर्डिङ स्कुलको आयोजनामा भएको कराते प्रतियोगितमा लमजुङको कराते टोली दोस्रो भएको हो । साथै मस्र्याङदी कराते डोजोका प्रमुख प्रशिक्षक प्रेम बहादुर गुरुङको अनुसार लमजुङ कराते टोली अनुशासित टिम घोषण भएको छ । प्रतियोगितामा लमजुङलाई १ स्वर्ण पदकले पछाडी पार्दे ७ स्वर्ण जितेर काठमाण्डाँै जिल्ला प्रथम भएको थियो ।
लमजुङबाट स्वर्ण पदक जित्नेहरुमा २० केजि पुरुष तर्फ सबिन थापा,५५ केजि तर्फ सुजन घले,६० केजि तर्फ सरोज तामाङ, एकल काता र ५५ केजि महिला तर्फ ईन्द्रा गुरुङ, २५ केजि महिला तर्फ सुनिता तामाङ रहनु भएको छ ।
रजत पदक जित्नेहरुमा ३० केजि महिला तर्फ बिनम्र बिक,२० केजि पुरुष तर्फ आर्यन गुरुङ,४० केजि पुरुष तर्फ लक्ष्मण थापा,३५ केजि महिला तर्फ डोल्मा तामाङ,४५ केजि महिला तर्फ,जेशिका गुरुङ रहनु भएको छ ।
यस्तै कास्य पदक जित्नेहरुमा ३५ केजि महिला तर्फ रोजि पुन मगर,४५ केजि पुरुष तर्फ कृष्ण प्रशाद श्रेष्ठ,२० केजि पुरुष तर्फ सन्दिप तामाङ ,३० केजि महिला तर्फ सुपृया बोहरा ,६० केजि पुरुष तर्फ तुल्सी गुरुङ, खुल्ला तर्फ पृतम गुरुङ र अन्जे तामाङ रहनु भएको छ ।
यसरी लमजुङले ६ स्वर्ण पदक, ५ रजत पदक र ७ कास्य पदक गरि १८ पदक जित्न सफल भएको छ ।


FLASH NEWS