आज:  | Thu, 25, Feb, 2021

लमजुङ दोर्दीका किसानलाई ६ दिने व्यवसायिक मौरीपालन तालिम प्रदान

रेडियो भोटेओडार ३० मंसिर २०७६, सोमबार ०७:३८ मा प्रकाशित ( १ साल अघि) १९९७२ पाठक संख्या

 

विमला अधिकारी –
लमजुङको दोर्दी गाउँपालिका किसाहरुलाई व्यवसायिक मौरीपालन तालिम प्रदान गरिएको छ । मौरीपालनमा आकर्षित गरी स्थानीय किसानको आयआजर्नमा टेवा पुर्याउने उद्धेश्यले विपन्न, दलित समुदायका व्यक्तिलाई प्राथमिकतामा राखेर नौथर शेरामा ६ दिनसम्म व्यवसायिक मौरीपालन तालिम प्रदान गरिएको दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख गोविन्दराज सेढाइले
दीगो कृषिका लागि युवा नामक संस्थाको आयोजना र कृषि विकास शाखा, दोर्दी गाउँपालिकाको सहयोगमा सो तालिम संचालन गरिएको हो । मंगलबारबाट सुरु भएको तालिममा २७ जना किसानहरु सहभागी भएका थिए ।
तालिमको आइतबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ । दिगो कृषिका लागि युवाका अध्यक्ष कुमुद किशोर कोइरालाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी दोर्दी गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङ रहनुभएका थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतारी व्यवसायिक मौरीपालनमा लागि आफ्नो आयस्तर बढाउने तर्फ अघि बढ्न सहभागीलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रमका विशेष अतिथी दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिल बहादुर घलेले सीकेका सीप व्यवहारमा उतारी आर्यआर्जन बृद्धि गर्न आग्रह गर्दै आम्दानी कै स्रोत खोज्दै विदेश पलाएन हुने अवस्था अन्त्य होस् भन्ने उद्देश्यले पनि व्यवसायिक तालिम आयोजना गरेको बताउनुभयो । कार्यक्रममा कृषि समिति संयोजक एवं कार्यपालिका सदस्य लालमाया मिजारले कार्यक्रममा बोल्दै आफूहरु अनुगमनमा आउँदा सबै सहभागिले एक घारबाट २, २ घारबाट ४ गर्दै व्यवसाय तर्फ उन्मुख भएको देख्न पाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।
६ दिनसम्म सहभागीलाई कृषिशाखा प्रमुख सेढाइ र कैलाश थापा र दीपक खनालले मौरीपालन सम्वनधी तौरतरिका, यसको व्यवस्थापन, मौरीका फाइदा, बजार अवस्था, रोगकिरा र नियन्त्रणका उपायहरुका बारेमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सिकाउनुभएको थियो । तालिम निकै फलदायिक भएको र तालिममा सिकेको सीप व्यवहार उतारी व्यवसायिक मौरीपालनमा लाग्ने सहभागिहरुले प्रतिबद्धता जनाएका छन् ।
दिगो विकासका लागि युवाका उपाध्यक्ष प्रभा अधिकारीले स्वागत मन्तब्य राख्दै संस्थाले गर्दै आएका काम कार्तब्यका बारेमा प्रष्ट्याउँनु भएको थियो । कार्यक्रमको सञ्चलन सचिव दिवस भुगाईले गर्नुभएको थियो ।


FLASH NEWS