आज:  | Sun, 28, Feb, 2021

आरसिडिसिले दियो लमजुङका ४० जनालार्ई आधारभुत खोज तथा उद्धार तालिम

रेडियो भोटेओडार ३ पुष २०७६, बिहीबार १५:४९ मा प्रकाशित ( १ साल अघि) ७५१९ पाठक संख्या

राजन परियार
चितवनको इच्छाकामान गाउपालिका ४ कुरिनटरमा ३ दिने आधारभुत खोज तथा उद्धार तालिम सम्पन्न भएको छ । ग्रामिण सामुदायीक बिकास केन्द्र (आरसिडिसि)लमजुङको आयोजना तथा क्व्होलासोथार गाउपालिका र सशस्त्र प्रहरी बल नेपाल बिपद्ध व्यवास्थापन तालिम शिक्षलय कुरिनटारको समन्वमा तामिल भएको हो ।
तालिममा सशस्त्र प्रहरी बल, नेपाल बिपद्ध व्यवास्थापन तालिम शिक्षलयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ (एसएसपी) किश्वर प्रधानले समापन कार्यक्रममा बोल्दै तालिमा सिकेका सिपहरुलाई समुदायमा लागु गर्न आग्र गर्नु भएको छ । साथै उहाँले देशमा ठुलो बिपद्ध परेको बेला नेपालि सेना, सशस्त्र प्रहर र जनपथ प्रहरीले मात्रै सबै ठाउमा उद्धार गर्न पुग्न सम्भव नहुने भएलको कारण उल्लेख गर्दै तालिम पस्चात आफुलाई खोज तथा उद्धारका लागि बर्दी बिनाको प्रहरी हो भन्ने महसु गर्दै उद्धार कार्यमा लाग्न आग्रह गर्नु भएको छ ।
तालिममा क्व्होलासोथार गाउपालिकाका कर्मचारी, जनप्रतिधि, वडा स्तरीय बिपद्ध व्यवास्थापन समितिका सदस्यहरु तथा जील्लमाका सञ्चारकर्मी हरुको सहभागीता रहेको थियो ।
तालिमको अबधिभर सशस्त्र प्रहरी बल नेपाल बिपद्ध व्यवास्थापन तालिम शिक्षलय कुरिनटारका प्रमुख प्रशिक्षक,प्रहरी निरिक्षक लक्ष्मण बहादुर बस्नेतले प्रशिक्षण गराउनु भएको थियो । उहाँले ४० जना प्ररिक्षार्थीलाई बिपद्ध र प्रकोप बिच हुने भिन्नता, बिपद्ध हुनुका कारणहरु जस्तै भुकम्प, बाढि,पहिलो, सुनामी, ज्वालामुखि, चट्याङ, आगलागि जस्ता बिपद्ध बाट आफु सुरक्षित हुने र अरुलाई पनि सुरक्षित तरिकाले बजाउने उपयुक्त तारिका, पानिमा ढुबेको व्यक्तिलाई सुरक्षीत उद्धार गर्ने तरिका, प्रथामिक उपचार लगायतका कुराहरु शैद्धन्तिक र प्रयोगात्मक तरिकाले सिकाउनु भएको थियो । साथै परिक्षार्थीहरुलाई तालिमा सचेतनामुलक सडक नाटक पनि देखाइएको थियो ।
खोज तथा उद्धार क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले सञ्चालन गरिएको तालिमबाट सिकेका कुरा व्यहारमा उतार्न । ग्रामिण सामुदायीक बिकास केन्द्रका अध्यक्ष राजेन्द्र बोहोराले सहभागिलाई अनुरोध गर्नु भएको छ ।


FLASH NEWS