आज:  | Thu, 25, Feb, 2021

जनकल्याण माविले मनायो ६८ औँ वार्षिकोत्सव

रेडियो भोटेओडार ९ पुष २०७६, बुधबार १५:५७ मा प्रकाशित ( १ साल अघि) ६३६४ पाठक संख्या

लमजुङको बेसीशहर नगरपालिका १ उदीपुरमा रहेको जनकल्याण माविको ६८ औँ वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस मंगलबार एक विशेष समारोहका बीच मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले जनकल्याण मावि शैक्षिक गुणस्तर अभिवृद्धिमा अघि बढिरहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर अघि बढ्न विद्यालयलाई आग्रह गर्नुभएको छ ।
विद्यालयको शैक्षिक पक्षको विकासका लागि नगरपालिकाले सहयोग पुर्याउने उहाँले बताउनुभएको छ । विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उकास्नका लागि सम्वद्ध सबै पक्ष जुट्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
विद्यालयका शिक्षक रामप्रसाद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार विष्ट, बेसीशहर नपाकी उपमेयर लक्ष्मी अधिकारी, बेसीशहर नपा १ का वडाअध्यक्ष वलराम श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष कृष्ण बहादुर सुनार, पूर्व प्रअ उत्तमराज पौडेल, भक्ति नमूना माविका सहायक प्रअ नवराज अधिकारी, कालिका साकोसका अध्यक्ष धु्रवदेव जोशी, अक्षयकोषदाता केशवराज अधिकारी, विद्यार्थी आशमान तामाङ, कृतिका जोशी, उत्सव पन्त लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रअ सूर्यबहादुर अधिकारीले प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा शिक्षक जानुका जोशी र मनु घर्तीका साथै अभिभावक मनिता मगर र शर्मिला अधिकारीलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुती प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष शरणहरि जोशीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक बद्री खनालले गर्नुभएको विद्यालयका शिक्षक पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो ।


FLASH NEWS