आज:  | Sun, 28, Feb, 2021

सुन्दरबजारमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, ५ जना घाइते

रेडियो भोटेओडार ९ पुष २०७६, बुधबार १९:०५ मा प्रकाशित ( १ साल अघि) २२००९ पाठक संख्या

लमजुङको सुन्दरबजारमा घरको रिटेनिङ वाल (सुरक्षा पर्खाल)का लागि जग खन्ने क्रममा खसेको माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ ।
बुधबार दिउसो खसेको माटोको ढिस्कोले पुरिएर चितवन लोथरका २५ वर्षिय संगम चेपाङको मृत्यु भएको प्रहरीले बताएको छ ।
ढिस्को खस्दा पर्खाल लगाउन खटिएका १३ जना मजदुरमध्ये ६ जना पुरिएका थिए । ५ घाइतेको उद्दार गरिएको छ । गम्भीर घाइते चेपाङलाई उपचारका लागि सुन्दरबजारस्थित कर्मदा अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीय विष्णुकुमार श्रेष्ठका अनुसार बामदेव गौलीको घरको रिटेनिङ वाल लगाउन जग खन्ने क्रममा कामदारलाई माटोको ढिस्कोले पुरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्रमान गुरुङका अनुसार घाइते हुनेमा चितवनका ५२ वर्षका बलबहादुर तामाङ, १८ वर्षका विष्णु चेपाङ, ४० वर्षका दीपक चेपाङ, ३५ वर्षका सुरेश चेपाङ र सल्यानका ६० वर्षका छवीलाल राना छन् । प्रहरीका अनुसार घाइतेमध्ये उपचारका लागि एकजनालाई जिल्ला सामुदायिक अस्पताल बेसीशहर, एकजनालाई चितवन पठाइएको छ । बाँकी ४ जना घाईतको स्थानीय कर्मदा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


FLASH NEWS