आज:  | Sun, 28, Feb, 2021

लमजुङको दोर्दी गाउँपालिकाको सातौं हिउँदे गाउँ सभा सुरु 

रेडियो भोटेओडार १२ पुष २०७६, शनिबार १४:१० मा प्रकाशित ( १ साल अघि) १०६६९ पाठक संख्या

विमला अधिकारी

लमजुङको दोर्दी गाउँपालिकाको सातौं हिउँदे गाउँ सभा शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिकाको कार्यालय नौथर सेरमा सुरु भएको सभाले विभिन्न कार्यविधि तथा नियमावलीहरु पारित गर्ने गाउँपालिकाका उपाध्यक्ष दिल बहादुर घलेले बताउनुभयो ।
गाउँसभाको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीले उद्घाटन गर्नुभएको छ । सभाको उद्घाटन गर्दे प्रमुख अतिथी दवाडीले देश अहिले विकास उन्मुख रहेको र सन् २०३० सम्म विकसित राष्ट्रमा देशलाई लैजाने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुसारका विकास निर्माणका काम गर्न स्थानिय तहलाई आग्रह गर्नुभयो ।
स्थानिय, प्रदेश संघ गरी तीनै तहका जनप्रतिनिधीहरुले पारदर्शी रुपमा काम गर्नुपर्ने उहाँको भनाई छ । दिगो विकासका लागि ध्यान दिन आग्रह गर्दै विकास निर्माणका लागि तीनै वटा सरकारबीच सहकार्य र समन्वय हुनु जरुरी रहेको पनि बताउनुभयो । प्रमुख अतिथी दवाडीले सरकारले लगानी गरेका विकास निर्माण कार्यमा जनप्रतिनिधका साथै स्थानीय उपभोक्ताले आवश्यक निगरानी राख्नुपर्नेमा जोड दिनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिल बहादुर घलेले स्वागत मन्तब्य सहित ७४, ७५ मा खर्च गर्न नसकेको साढे २ करोडको बजेटको विनियोजन प्रंस्ताव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लाल बहादुर गुरुङको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत शम्शेर गुरुङ, कार्यपालिका सदस्य, जनप्रतिनिधी,साथै विषयत शाखाका प्रमुखलगायत कर्मचारीको पनि उपस्थिती रहेको कार्यक्रमको संचलन गाउँपालिकाका अधिकृत कोसनारन ढकालले गर्नुभएको थियो ।


FLASH NEWS