Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

लमजुङको किर्तिपुरमा झोलुङे पुल निर्माण : स्थानीयलाई आवतजावतमा सहज

रेडियो भोटेओडार ८ श्रावण २०७७, बिहीबार १२:२८ मा प्रकाशित ( ३ साल अघि) ४१७७० पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिका–६, किर्तिपुरमा झोलुङ्गे पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ३५ लाख ८६ हजार ८७ रुपैयाँ ६२ पैसा, दोर्दी गाउँपालिकाको २ लाख ५० हजार ९ सय ८४ रुपैयाँ २० पैसा र स्थानीय जनश्रमदानबाट ८३ हजार ८ सय ५० रुपैयाँ गरी कुल ३९ लाख २० हजार ९ सय २१ रुपैयाँ ८२ पैसाको लागतमा ८७ मिटर लम्बाईको पुल निर्माण गरिएको हो ।

पुल निर्माण कार्य २०७६ पुस १२ गतेबाट सुरु भई २०७७ साल असार २५ गते समापन भएको हो ।
दोर्दी गाउँपालिका–६, किर्तिपुर र कर्तीगाउँ जोड्ने उल्स्यो खोलामा निर्माण गरिएको पुलको बुधबार दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले उद्घाटन गर्नुभएको छ ।

पुलको उद्घाटन गर्दै अध्यक्ष गुरुङले पुलको उपयोगका साथै यसको संरक्षण–संवद्र्धनमा जुट्न स्थानीयलाई आग्रह गर्नुभएको छ । पुल बनेसंगै आवतजावतमा सहज हुने स्थानीयले बताएका छन् ।


नवनिर्मित पुलबाट १ सय ३७ घरधुरीका गरी झण्डै १२ सय जना लाभान्वित हुने दोर्दी गाउँपालिका, रोजगार शाखाका संयोजक धर्मराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलबहादुर घले, वडाअध्यक्ष नन्दराज घले लगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो ।


FLASH NEWS