Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

सिर्जनात्मक साकोसको आर्थिक कारोबार डेढ अर्व बढि : हर्जना र ब्याजमा ३१ लाख बढि छुुट

रेडियो भोटेओडार ११ श्रावण २०७७, आईतवार १७:४० मा प्रकाशित ( ३ साल अघि) २७११२ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–९, मा रहेको सिर्जनात्मक साकोसले आर्थिक वर्ष २०७६/०७७ मा ३१ लाख बढि रुपैयाँ छुट गरेको छ ।
कोरोना भाइरसले निम्त्याएको संकटलाई ख्याल गर्दै सदस्यहरुको हितलाई मध्यनजर गर्दै ऋणीको हर्जना र ब्याजमा गरी ३१ लाख ६ हजार ७ सय ४२ रुपैयाँ बराबरको छुट गरिएको साकोसका अध्यक्ष रामजी कडेँलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६÷०७७ मा संस्थाले डेढ अर्व बढिको आर्थिक कारोबार गरेको छ । संस्थाले सुुुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिकालाई कार्यक्षेत्र बनाई सेवा प्रवाह गर्दै आए्को छ ।

यसैगरी, साकोसका संचालक समिति र कर्मचारीहरुले ३७ हजार ८ सय १५ रुपैयाँ बराबरको ‘सिर्जनात्मक विपद् व्यवस्थापन कोष’ स्थापना गरेका छन् ।

पहिरो प्रभावितलाई राहत वितरण
सिर्जनात्मक साकोसले मस्र्यादी गाउँपालिका–३, पल्लोटारीका पहिरो प्रभावितलाई शनिबार राहत वितरण गरेको छ ।
संस्थाले प्रति प्रभावित घरधुरीलाई २ थान थाल, २ थान कचौरा, २ थान गिलास, एक थान कराई र ढाडु पनियो गरी २१ घरधुरीलाई २५ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको साकोसका व्यवस्थापक इन्द्रविलास सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार संचालक समितिको बैठकको निर्णयअनुसार पहिरो प्रभावितलाई संस्थाले राहत वितरण गरेको हो ।

संस्थाका अध्यक्ष रामजी कडेँल, सहअध्यक्ष केशवराज अधिकारी, उपाध्यक्ष गोकुलप्रसाद रेग्मी, सचिव मेनबहादुर घेल, उपसचिव सुरेश रेग्मी, सदस्य रुद्रहरि ढकाल, बद्रीनाथ खनाल, लेखा समिति सदस्य युवराज खनाल लगायतको टोली पहिरो प्रभावित क्षेत्रमै पुगी राहतस्वरुप घरायसी सामग्री प्रदान गरेको हो ।

राहत वितरण कार्यक्रममा मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, वडा नं ३ का वडाअध्यक्ष प्रेम बहादुर बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेल लगायतको उपस्थिती रहेको थियो ।
लमजुङको पल्लोटारी पहिरोमा २१ घर पुरिएका थिए । पहिरोको जोखिममा रहेका पल्लोटारीका ८० घरधुरीलाई अहिले सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।


FLASH NEWS