Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

अगरबत्ति उद्योग संचालनमा केसी दम्पत्ति !

रेडियो भोटेओडार १५ श्रावण २०७७, बिहीबार ११:५० मा प्रकाशित ( ३ साल अघि) २६३५६ पाठक संख्या

श्यामशितल परियार
हातमा सीप र मनमा जोस जाँगर भए । स्वदेशमै बसेर स्थानीय श्रोत–साधनका साथै फुर्सदको समय उपयोग गरी घरमै बसेर मनग्य कमाउन सकिन्छ । गाउँघरमै स्वरोजगार बन्न सकिन्छ । यसैको उदाहरण बनेका छन्, लमजुङ सुन्दरबजारका केसी दम्पत्ति । उनीहरुले गाउँघरमै अगरबत्ति उद्योग संचालन गरी मनग्य कमाउँदै आएका छन् ।
बिस्तारै उमेर ढल्किदैँ छ । तर जोस–जाँगरका साथ आफ्नै उद्यममा जुटिरहनुभएको छ, लमजुङ सुन्दरबजार नगरपालिका–५, तार्कु खहरेका ६२ वर्षका कृष्णबहादुर केसी ।
२०६२ सालदेखी स्थानीय श्रोत–साधनकै उपयोग गरी स्थानीय स्तरमै अगरबत्ति उत्पादन गर्दै आउनुभएका केसी अहिले पनि यसै व्यवसायमा निरन्तर लागिरहनुभएको छ । यसै व्यवसायबाट उहाँले मनग्य कमाइ पनि गर्दै आउनुभएको छ ।


उहाँले व्यवसाय संचालन गर्नुका साथै यसअघि उहाँले देशका विभिन्न जिल्लामा पुगेर अगरबत्ति बनाउनेसम्बन्धी तालिम प्रदान गरिसक्नुभएको छ । स्थानीय श्रोत साधनको उपयोग गरी फुर्सदको समयमा अगरबत्ति बनाएर बिक्री गर्न सके यसै व्यवसायबाट राम्रो आर्जन गर्न सकिने र घरगाउँमै स्वरोजगार बन्न सकिने उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार स्थानीय रुपमा उपलब्ध बाँसका सिन्का, धुपी, काउलोको बोक्राको धुलो, अँगारको धुलोको प्रयोग गरी गाउँघरमै अगरबत्ति बनाउन सकिन्छ ।
‘केसी अगरबत्ति उद्योग’ संचालनमा कृष्णबहादुरलाई श्रीमति सीतादेवी केसीका पनि उत्तिक्कै साथ–सहयोग मिल्दै आएको छ ।
आफुहरुले यसै व्यवसायबाट जीविका चलाउँदै आएको र यसै व्यवसायबाट राम्रो आर्जन गर्न सकिने सम्भावना रहेको केसी दम्पत्ति बताउँछन् ।
केसी दम्पत्तिले उत्पादन गरेका अगरबत्ति सत्रसय, सुन्दरबजार, खत्रीठाँटी, भोटेओडार लगायतका स्थानीय ठाउँमै खपत हुने गरेको छ । बजारमा स्थानीय अगरबत्तिको माग र मूल्य दुवै उच्च छ ।


FLASH NEWS