Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

लमजुङको पाचोक शेर्लेमा बाढीले ३ घरमा क्षति

रेडियो भोटेओडार ८ भाद्र २०७७, सोमबार १३:४७ मा प्रकाशित ( ३ साल अघि) २१९२५ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिका–५, पाचोक शेर्लेमा बाढीले ३ घरमा क्षति पुर्याएको छ । दोर्दी शेर्लेका जितबहादुर गुरुङ, बुद्ध गुरुङ र नन्दराज घलेको घरमा बाढीले क्षति पुर्याएको हो ।
गएको बिहिबार राती पौने १० बजेको समयमा अविरल वर्षासंगै नजिकै रहेको मझुवा खोलामा आएको बाढीले ३ घरमा क्षति पुर्याएको दोर्दी गाउँपालिका–५, का वडाअध्यक्ष फत्तबहादुर गुरुङले जानकारी दिनुभयो । बाढीले धान खेतमा समेत क्षति पुर्याएको छ ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ नेतृत्वको एक टोलीले आइतबार बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेको छ ।
टोलीमा गाउँपालिका उपाध्यक्ष दिलबहादुर घले, कार्यपालिका सदस्य हिमला घिमिरे र संचारकर्मी पनि सहभागी थिए ।

यस्तै, बाढी प्रभावितलाई राहतस्वरुप तत्कालका लागि एक बोरा चामल, नून, तेल र साबुन वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष घलेले बताउनुभयो । बाढी प्रभावितलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको र गाउँपालिकाले आवश्यकता अनुसार सक्दो सहयोग गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभएको छ ।


FLASH NEWS