Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङमा २ महिनामा ९ जनामा डेंगी संक्रमण

रेडियो भोटेओडार १० भाद्र २०७७, बुधबार १२:०६ मा प्रकाशित ( ३ साल अघि) २०७०७ पाठक संख्या

श्यामशितल परियार
लमजुङमा दुई महिनामा ९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । गएको असारदेखी हालसम्म गरी ३ महिला, ६ पुरुषमा गरी जिल्लामा ९ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेसीशहर नगरपालिकामा ४ पुरुष, १ महिला गरी ५ जना, सुन्दरबजार नगरपालिकामा २ पुरुष र १ महिला गरी ३ जना र मस्र्याङ्दी गाउँपालिकामा १ महिलामा गरी जिल्लामा ९ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा ४ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो ।
‘गएको असारदेखी हालसम्म नौ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यसले गर्दा लमजुङ पनि डेंगी संक्रमणको उच्च जोखिममा रहेको छ,’ दवाडीले भन्नुभयो ।

डेंगी संक्रमणको जोखिमलाई ख्याल गर्दै सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका बजारी क्षेत्रमा डेंगु लार्भाको खोजी गरी नष्ट गरेको छ । मंगलबार नगरपालिकाभित्रका भोटेओडार, बालुने, सिउँडीबार, फुलबारी, पाउँदी लगायतका ठाउँमा डेंगी लार्भाको खोजी गरी नष्ट गरिएको स्वास्थ्य शाखा, सुन्दरबजार नगरपालिकाका प्रमुख परमेश्वर पियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर क्षेत्रमा गएको भदौ २ गते फुलबारीका ३५ वर्षीया एक पुरुष, गएको शनिबार फुलबारीकै ३८ वर्षीया एक पुरुष र सुन्दरबजार नगरपालिका–११, सिन्दुरेका ४७ वर्षीया एक महिलामा डेंगी संक्रमण पुष्टि भएको हो ।

डेंगी लार्भाको खोजी गरी नष्ट गर्ने कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नं ८ का वडाअध्यक्ष कृष्णकान्त अधिकारी, वडा नं ९ का वडाअध्यक्ष मोतीप्रसाद गुरुङ, स्वास्थ्य शाखा, सुन्दरबजार नगरपालिकाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायतको सहभागिता रहेको थियो ।


FLASH NEWS