Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

‘ज्येष्ठ नागरिकलाई सन्तानले सम्मानपूर्वक खान दिए, मायालु भावले बोलिदिए पुग्छ’

रेडियो भोटेओडार १७ आश्विन २०७७, शनिबार १५:३१ मा प्रकाशित ( ३ साल अघि) २९७१६ पाठक संख्या

गएको बिहिबार ३० औँ अन्तर्राष्टिय ज्येष्ठ नागरिक दिवस । दिवसकै अवसरमा यसका विविध पक्षका विषयमा केन्द्रीत रही श्यामशितल परियारले ज्येष्ठ नागरिक जिल्ला संघ लमजुङका अध्यक्ष नारायणबहादुर कुवँरसंग संक्षिप्त कुराकानी गर्नुभएको छ ।

बिहिबार ३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यो दिवस मनाइरहँदा वास्तवमै, समाजमा ज्येष्ठ नागरिकको वर्तमान अवस्था कस्तो छ ?

हाम्रो देशमा धेरै संख्यामा ज्येष्ठ नागरिकहरु हुनुहुन्छ । उनीहरुलाई सरकारले सामान्य भत्ता दिनेबाहेक अरु केही गरेको छैन ।

ज्येष्ठ नागरिकहरु आफैँ रेलिङ भाच्न, सडकमा नारा–जुलुस लगाउन, टायर बाल्न सक्दैनन् । त्यसैले उनीहरुले भनेका कुराहरु छिट्टै केही पनि लागु भएका छैनन् ।

अलिकति अल्झाएर, दिएर उनीहरुलाई लोभ्याउने काम गरिएको छ । ज्येष्ठ नागरिको दुःख पीडाका साथै उनीहरुको स्वास्थ्य उपचारका लागि विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रवाह हुने खालको देशभरमा एउटा पनि ज्येष्ठ नागरिक लक्षित अस्पताल छैन ।

ज्येष्ठ नागरिकका हक–हितमा धेरै कुराहरु कागजमा लेखिएका छन् । तर व्यवहारमा खासै कार्यान्वयन भएको छैन ।

जेष्ठ नागरिकको सहजता र सुविधाका लागि यातायात, स्वास्थ्य लगायतका अन्य क्षेत्रमा लेखिएका, तोकिएका कुराहरु कार्यान्वयनमा नआउनुका कारण के हुन सक्छ ?

कार्यान्वय गर्ने पक्षले नै यसमा तदारुकता नदिएकै कारण यस्तो भएको हो । सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकका लागि सिट लेखिएको छ । तोकिएको छ । तर त्यसको केही अर्थ छैन ।

ज्येष्ठ नागरिकका लागि तोकिएका सिटमा तन्नेरी बस्छन् । ज्येष्ठ नागरिकले बोले उल्टोे सातो लिन्छन् । यसमा सम्बन्धित सबैले चासो दिनुपर्ने हो । तर कसैले  यसप्रति वास्ता गर्दैनन् । वास्तवमा उनीहरुले यो सुविधा पाएका छैनन् ।

घर, परिवार र समाजमा ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार कस्तो छ ?

पछिल्लो समय हाम्रो समाज, परिवार नै सानो–सानो हुँदै गएको छ । त्यसैले मान्छेहरु एकदमै स्वार्थी हुन थाले । ज्येष्ठ नागरिकसंग पैसा, धनसम्पत्ति भए त्यो पाउनका लागि चाकडी गर्ने, धनसम्पत्ति पाइसकेपछि तुरुन्तै उनीहरुलाई निकाल्ने प्रवृत्ति छ ।

यो हुनु हुँदैन । यो राम्रो होईन । म त भन्छु हरेक घर आदर्श वृद्ध–आश्रम हुनुपर्छ । ठूलठूला वृद्ध–आश्रममा होईन, ज्येष्ठ नागरिक मिठो–नमिठो खाएर पनि आफ्नै परिवारसंग बस्न चाहन्छन् । रुचाउँछन् । र यसैमा उनीहरु खुशी हुन्छन् ।

यहाँले भनेझैँ पछिल्लो समय सानो परिवारमा बस्न रुचाउनेको जमात बढ्दो छ । त्यसैले पनि ज्ञान, सीप, अनुभव, मौलिक संस्कार/सँस्कृति पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्ताण्तरण हुन सकिरहेको छैन । सरोकारवालाहरुले यसप्रति गहिरो चिन्ता व्यक्त गर्छन् । वास्तवमै अवस्था यस्तै हो ?

त्यो पनि एउटा कारण हो । नयाँ पुस्ताले चासो र चिन्ता नदिँदा पनि पुराना पुस्ताका ज्ञान, सीप, अनुभव नयाँ पुस्तामा हस्ताण्तरण हुन सकिरहेको छैन । पुराना पुस्ताका ज्ञान, सीप, अनुभव लिन–सिक्न नयाँ पुस्ताले खासै चासो राख्दैनन् ।

समाज र देश विकासका लागि ज्ञान, सीप अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकको भूमिका कस्तो रहन्छ ?

हरेक क्षेत्र–पक्षमा जहिले पनि ज्येष्ठ नागरिको भूमिका ‘गुरु’को जस्तै छ, हुन्छ । उनीहरुले धेरै अनुभव संगालेका छन् । उनीहरुको अनुभव नयाँ पुस्ताका साथै हरेक पक्ष÷क्षेत्रमा आवश्यक छ, हुन्छ ।

र अन्त्यमा, ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चितताको लागि घर, परिवार, समाज र राज्यले के गर्नु जरुरी छ ?

ज्येष्ठ नागरिकको सम्मान्नपूर्ण जीवनका लागि घर, घरपरिवारले नै भूमिका खेल्नुपर्छ ।

खाइ–नखाई हुर्काउने, बढाउने, पढाउने बा–आमालाई सन्तानले जेजस्तो छ, मिठो– नमिठो सम्मानपूर्वक खान दिए, उनीहरुसंग मायालु भावले मिठो वचन बोलिदिए पुग्छ । उनीहरु यसैमा खुशी हुन्छन् । ज्येष्ठ नागरिक खुशी भएमा घरपरिवारमा सन्तोष हुन्छ । परिवारमा आनन्दी छाउँछ । दुःखको कुरा हुँदैन, आउँदैन ।


FLASH NEWS