Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङमा ढकमक्क फुल्यो सयपत्री !

रेडियो भोटेओडार ५ कार्तिक २०७७, बुधबार १३:१९ मा प्रकाशित ( ३ साल अघि) २८७५० पाठक संख्या

श्यामशितल परियार
आँगनी छेउमा लहरै रहेका सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । घर–आँगनी, बारी छेउमा पहेँलपुर फुलेका फूलले आनन्दित तुल्याएको छ, सुन्दरबजार नगरपालिका–६, ऐशेलुचौरकी शान्ता सुनारलाई । तर तिहार अगावै फूल फुलिसकेकाले तिहारसम्म फूल जोगाउन गाह्रो होला कि भन्ने चिन्ता लागेको छ, उहाँलाई ।

उहाँले आफ्ना दाजुभाईलाई वर्षेनी तिहारमा घर, आँगनमै फुलेका सयपत्री, मखमलीको फूलको माला लगाइदिदैँ आउनुभएको छ ।
अहिले लमजुङका घर, आँगन, बारीे ढकमक्क फुलेका रंगीचंगी फूलमा सजिएका छन् । ढकमक्क फुलेका फूलले सबैको मनै लोभ्याएको छ ।

लमजुङकै रामचन्द्र बुढाप्रिथीको आँगनी छेउमा पनि ढकमक्क सयपत्री, मखमली फुलिसकेका छन् । घर–आँगनमै फुलेका फूल र मालाको प्रयोग गर्नाले मौलिक सँस्कार, संस्कृति संरक्षणका साथै कृत्रिम फूल माला किन्ने पैसा पनि जोगिने भएकाले बर्षेनी घर, आँगनमा फूल रोप्दै आएको उहाँ बताउनुहुन्छ ।


त्यसो त पछिल्लो समय तिहारमा गाउँघरमा पाइने फूलका मालाभन्दा पनि सजिलोका लागि बजारमा पाइने कृत्रिम फूल, मालाको प्रयोग गर्ने प्रचलन बढ्दो छ ।नेपाली सँस्कारमा फूल र फूलको मालाको आफ्नै महत्व रहेको जानकारहरु बताउँछन् ।

चाडपर्व, मेला, उत्सवमा सकेसम्म स्थानीय स्तरमा पाइने फूल, फूलमालाको प्रयोग गर्नुपर्ने र घर–आँगनी, बारी छेउमा पुष्प खेती गर्न सकेमा संस्कृति संरक्षणका साथै यसैबाट मनग्य कमाउन सकिने सरोकारवालाहरु बताउँछन् ।

 


FLASH NEWS