Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

सुन्दरबजार नगरपालिकाको प्रशासकीय भवनको ५९ प्रतिशत निर्माण कार्य सकियो

रेडियो भोटेओडार २१ कार्तिक २०७७, शुक्रबार १६:३७ मा प्रकाशित ( ३ साल अघि) २७००७ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–६, ठाँटीचौरमा निर्माणाधीन सुन्दरबजार नगरपालिकाको प्रशासकीय भवनको ५९ प्रतिशत निर्माण कार्य सकिएको छ ।
नगरपालिकाको आफ्नै ७ रोपनी जग्गामा निर्माण भइरहेको नगरपालिकाको प्रशासकीय भवनको ‘फिनिसिङ’ र ‘प्लाष्टर’बाहेकका अन्य भौतिक संरचना निर्माणका कार्य लगभग सकिएको प्राविधिक शाखा, सुन्दरबजार नगरपालिकाका प्रमुख इन्जिनियर सन्दिप केसीले जानकारी दिनुभयो ।
‘भवन निर्माणको ५९ प्रतिशत काम सकिएको छ । फिनिसिङ र प्लाष्टरको काम बाँकी छ । अन्य सम्पूर्ण भौतिक संरचना निर्माणको कार्य लगभग सकिएको छ,’ इन्जिनियर केसीले भन्नुभयो ।

उहाँका अनुसार भवन निर्माणको कुल लागत ४ करोड ५६ लाख २९ हजार ३ सय ७ रुपैयाँ ८८ रुपैयाँ रहेको छ । १४ कोठे भवन निर्माणको जिम्मा गणेशकुण्ड आइएस निर्माण सेवा जेभीले पाएको हो ।

२०७६ साउन ८ गते संझौता गरी निर्माण कार्य सुरु गरेको निर्माण कम्पनीले संझौताअनुसार २०७७ माघ १० गते भवन निर्माण कार्य सक्नुपर्नेछ ।
भवन निर्माण कार्य धमाधम भएकाले निर्धारित समयमै भवन निर्माण कार्य सकिने इन्जिनियर केसीले बताउनुभयो ।

नवनिर्मित भवनमा प्रशासन, लेखा, राजश्व, प्राविधिक, शिक्षा लगायतका शाखा रहनेछन् । भवन निर्माण भएसंगै नागरिकलाई सेवा प्रदान गर्न थप सहज हुने नगरपालिकाले जनाएको छ ।


FLASH NEWS