Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 23, Apr, 2024

विदेश छाडेर घरगाउँमै माछापालन व्यवसाय सुरु

रेडियो भोटेओडार १७ पुष २०७७, शुक्रबार १५:४७ मा प्रकाशित ( ३ साल अघि) २०३२९ पाठक संख्या

श्यामशितल परियार
कतारमा ६ वर्ष र साउदीमा १२ वर्ष गरी १८ वर्ष परदेशी भूमिमै श्रम–पसिना बगाउनुभयो, लमजुङ राइनास नगरपालिका–७, बगरका टुकबहादुर घलेले । लामो समयको विदेश बसाइपछि उहाँ स्वदेश फिर्ती हुनुभयो । वैदेशिक रोजगारी नै उहाँको आम्दानीको मुख्य श्रोत थियो । तर विदेशको जागिर छाडेपछि उहाँलाई परिवारको गर्जो टार्न केही समय भयो ।

विदेशमा रहँदा श्रम र समयको महत्व बुझ्नुभएका घलेले घरगाउँकै माटोमा उद्यम गर्नुपर्छ भन्ने लाग्यो । र परिवारको सल्लाहमा २०७२ सालबाट एक रोपनी जग्गाबाट माछापालन व्यवसाय सुरु गर्नुभयो, उहाँले ।

‘लामो समय विदेश बसियो । विदेश छाडेपछि परिवार पाल्न आम्दानी गर्नुपर्यो,’ उहाँले भन्नुभयो, ‘जागिर छैन, पेन्सन छैन । परिवारको गुजारा चलाउनका लागि केही उद्यम त गर्नुपर्यो । त्यसैले माछापालन व्यवसायमा लागेँ ।’ माछापालन व्यवसायबाट राम्रो आम्दानी भयो । माछापालन व्यवसायबाट राम्रो आम्दानी भएपछि उहाँले यस व्यवसायलाई थप विस्तार गर्नुभयो ।

‘सुरुमा एक रोपनी जग्गामा पोखरी बनाई माछापालन सुरु गरेँ,’ उहाँले थप्नुभयो, ‘आम्दानी राम्रो भयो । अहिले माछापालन व्यवसाय थप विस्तार गरेको छु ।’ हाल १० रोपनी जग्गामा ८ वटा माछापोखरी बनाई माछा पाल्दै आउनुभएको छ, उहाँले ।

उहाँको फर्मबाट वार्षिक ५/६ क्विन्टलसम्म माछा उत्पादन हुँदै आएको छ । उत्पादित माछा स्थानीय स्तरमै खपत हुँदै आएको छ । उहाँले प्रतिकेजी ५ सय रुपैयाँमा माछा बिक्री गर्दै आउनुभएको छ । ‘बजारको कुनै समस्या छैन । विभिन्न ठाउँबाट माछा लिन र माछा खानका लागि ग्राहक फर्ममै आउँछन्,’ उहाँले भन्नुभयो ।

माछापोखरी डिलमा उहाँले व्यवसायिक केराखेती समेत गर्नुभएको छ । केराखेतीबाट पनि उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
विगतमा धान लगाउँदै आएको जमिनमा अहिले माछापालनका साथ तरकारी र केराखेती सुरु गरेपछि आम्दानी बढेको उहाँ बताउनुहुन्छ ।

‘ह्याचरी’ समेत संचालन

माछापालक किसानको रुपमा परिचय बनाइसक्नुभएका घलेले अहिले ‘ह्याचरी’ समेत संचालन गर्नुभएको छ । उहाँको ‘ह्याचरी’बाट माछाका भुरा उत्पादन हुँदै आएको छ । उहाँका अनुसार माछाका भुराको माग बढ्दो छ । उत्पादति माछाका भुरा लमजुङ, गोरखा, तनहुँका विभिन्न ठाउँमा खपत हुँदै आएको छ ।  ‘थोरै समयमा राम्रो आम्दानी लिन सकिन्छ । माछा बिक्रीमा भन्दा पनि माछाका भुरा बिक्रीबाट राम्रो आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो ।

माछापालन व्यवसायमा सम्वन्धित निकायको पनि साथ–सहयोग मिलेको छ, उहाँलाई । कम समय, श्रममा राम्रो आम्दानी लिन सकिने भएकाले व्यवस्थित रुपमा व्यवसायिक माछापालन गर्न सके घरगाउँमै माछापालन गरी जीवनस्तर माथि उकास्न सकिने उहाँ बताउनुहुन्छ ।


FLASH NEWS