Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 23, Apr, 2024

गण्डकी प्रदेश सरकारको सहयोगमा अर्चलबोटका घर–घरमा खानेपानी !

रेडियो भोटेओडार १८ माघ २०७७, आईतवार १५:२२ मा प्रकाशित ( ३ साल अघि) २११२७ पाठक संख्या

पक्की सडक, बिजुलीको सुविधा छ । बिस्तारै बस्ती पनि विस्तार हुँदै गएको छ । तर खानेपानीको निकै अभाव थियो, लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोटको अलैँचे फाँट क्षेत्रमा ।

त्यसैले स्थानीयलाई खानेपानीका लागि धारा–कुवामा धाउनुपर्ने, घण्टौँ पालो कुर्नुपर्ने अवस्था थियो । तर अब स्थानीयलाई खानेपानीका लागि विगतमा जस्तो घण्टौँ धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा अहिले अलैँचेफाँट क्षेत्रका साथै टिमुरे गाउँका गरी १ सय ४५ घरधुरीका घर–घरका धारामा खानेपानी पुर्याइएको छ ।

विगतमा गाग्री पानीका लागि धारा–कुवा धाउनुपथ्र्यो । धेरै समय खर्च हुन्थ्यो,’ स्थानीय रमा खड्काले भन्नुभयो, ‘अहिले घर–घरका धारामा पानी आएको छ । अब विगतमा जस्तो खानेपानीको समस्या छैन । हामीलाई निकै सजिलो भएको छ ।’

उहाँका अनुसार चौबिसै घण्टा घरको धारामा पानी आउँदा अहिले स्थानीय खुशी छन् । ‘पानीको सुविधा भएसंगै अहिले स्थानीयले व्यवसायिक कृषि कर्म गर्न थालेका छन् । आय–आर्जनको बाटोमा अघि बढ्न थालेका छन्,’ व्यवसायिक लेयर्स कुखुरापालन गर्दै आउनुभएकी खड्काले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारको १ करोड ५७ लाख ८६ हजारको सहयोगमा यस क्षेत्रका सबै घरधुरीमा मिटर प्रणालीबाट खानेपानी वितरण गरिएको अर्चलबोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर खत्रीले जानकारी दिनुभयो ।

‘घर–घरमा खानेपानी पुर्याउनका लागि स्थानीयले ४५ लाख ३३ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन्,’ उहाँले भन्नुभयो ।

उहाँकाअ नुसार दोर्दी गाउँपालिका २ र ३ को सीमानामा रहेको हाँडीखोलामा रहेको मुहानबाट पानी ल्याएर यस क्षेत्रका घरघरमा खानेपानी पुर्याइएको हो ।

खानेपानी वितरणका लागि १ लाख लिटर क्षमताको पानी ट्यांकी समेत निर्माण गरिएको छ । २०७७ माघ १५ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले यस खानेपानीको आयोजनाको उद्घाटन गर्नुभएको हो ।

 


FLASH NEWS