Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङको दोर्दी गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न

रेडियो भोटेओडार २१ माघ २०७७, बुधबार १६:१५ मा प्रकाशित ( ३ साल अघि) ३३५३८ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिकाले आठौँ गाउँसभा संचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा मंगलबार गाउँपालिकाले आठौँ गाउँसभा संचालन गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँपालिकाको समग्र पक्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
उहाँले आर्थिक वर्ष २०७६\७७ मा पालिकाले सम्पादन गरेका विभिन्न कार्यहरुका साथै चालु आर्थिक वर्षमा सातौँ गाउँसभामार्फ स्वीकृत गरेका वार्षिक नीति, योजना तथा कार्यक्रमको प्रगतिको अवस्थाबारे पनि प्रकाश पार्नुभएको थियो ।
विभिन्न योजनाहरु समयमै प्रभावकारी र गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि सदैव आफुहरुको ध्यान जाने उहाँले बताउनुभएको छ ।
कार्यक्रमकै अवसरमा पालिकाको बजेटको अवस्थाका साथै गाउँसभाका विषयमा गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले जानकारी गराउनुभएको छ ।
जिल्ला समन्वय समिति, लमजुङका सदस्य लालबहादुर गुरुङले समयमै प्रभावकारी र गुणस्तरीय रुपमा योजनाहरु संचालन र सम्पन्न गर्न समवद्ध सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य लगायत सरोकारवालाहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन भने गाउँपालिकाका सूचना अधिकारी एवं रोजगार शाखा प्रमुख धर्म गुरुङले गर्नुभएको हो ।

 

 


FLASH NEWS