Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

मनै फुरुङ्ङ चियाबारीमा ! (फोटो-फिचर)

रेडियो भोटेओडार ४ चैत्र २०७७, बुधबार १७:४० मा प्रकाशित ( ३ साल अघि) २५१३८ पाठक संख्या

श्यामशितल परियार
लमजुङको घलेगाउँ पुग्ने धेरै पहिलेदेखीकै धोको थियो, दोर्दी गाउँपालिका १, भारतेकी मेलिना अधिकारीलाई । त्यसैले उहाँ मन मिल्ने सुम्निमा घिमिरे, अनुजा पौडेल, हिरा भुजेल लगायतका साथीहरुसंग मिलेर गएको शुक्रबार घलेगाउँ पुग्नुभयो ।
पहिलोचोटी घलेगाउँमा पाइला टेक्न पाउँदा उहाँलाई निकै रमाइलो लाग्यो । गाउँ नजिकै रहेको चिया बगानमा पुगी फोटो खिच्न, टिकटक बनाउँदा पाउँदा उहाँलाई खुशीको अनुभूति भयो । ‘पहिलोचोटी घलेगाउँ पुग्दा निकै रमाइलो लाग्यो । हरियाली चिया बगानमा साथीहरुसंग रमाउन पाउँदा त झनै खुशी लाग्यो,’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘चियाबारीमा फोटो खिचियो, टिकटक बनाइयो रमाइलो लाग्यो ।’


उहाँसंगै विभिन्न ठाउँबाट आएका पर्यटकहरु पनि चियाबारीमा फोटो खिच्न व्यस्त थिए । उहाँमात्र होइन घलेगाउँ पुग्ने प्राय : सबै पर्यटक चियाबारी नपुगी फर्किदैनन् । चियाबारीमा पुगी फोटो, भिडियो खिच्न जोकोही ‘लालयित’ बन्छन् ।
घलेगाउँको होमस्टे बसाइँ, ‘अर्गानिक’ खानाको स्वादका साथै यहाँको प्राकृतिक, साँस्कृतिक सौन्दर्यमा ‘टहलिन’ पाउँदा जोकोही खुशी हुन्छन् ।

पहिले चरन : अहिले चिया बगान !
२०५७ सालबाट घलेगाउँमा होमस्टे संचालनमा आएको हो । होमस्टे सुरु हुनुभन्दा पहिले देखी नै घलेगाउँमा चिया खेती रोप्न सुरु गरिएको हो ।
गाउँमा होमस्टे संचालन गर्नुपूर्वदेखी नै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय, भुजुङको साथै अन्य सम्वन्धित निकायको आर्थिक तथा प्राविधिक सहयोगमा घलेगाउँमा चिया खेती सुरु गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमल विकले बताउनुभयो ।
‘अहिले चिया बगान रहेको ठाउँमा पहिले स्थानीयले दाउराको खलियो लगाउँथे । यहाँ चरन क्षेत्र थियो । स्थानीयले गोठ, खर्क बनाउँथे,’ उहाँले भन्नुभयो, ‘गाउँमा होमस्टे संचालन गर्नुपूर्वदेखी नै यहाँ चिया खेती सुरु गरिएको हो ।’

‘टिकटक’ बनाउने संख्या बढ्दो
चिया बगानमा अहिले चिया उत्पादन भइरहेको छ । हरियाली चियाबगान अहिले पर्यटकको रोजाइँमा पर्न थालेको छ ।
‘चियाबारीमा आएर फोटो खिच्ने, टिकटक बनाउनेको संख्या बढ्दो छ,’ उहाँले भन्नुभयो, ‘चिया टिप्दै गरेको बेलामा त चिया टिप्नेह?सगै पर्यटकहरुले टिकटक बनाउँछन् । सामाजिक सञ्जालले पनि यहाँको प्रचारप्रसारमा टेवा पुर्याएकै छ ।’

चिया उत्पादनमा आत्मनिर्भर
सु?मा १२ रोपनीबाट सुरु गरिएको चिया खेती अहिले थप विस्तार भएको छ । ‘स्मार्ट भिलेज’को रुपमा अघि बढिरहेको प्रसिद्ध लमजुङको घलेगाउँ चिया उत्पादनमा पनि आत्मनिर्भर छ । गाउँलाई आवश्यक चिया गाउँमै उत्पादन हुने गरेको र उत्पादित चिया बिक्रीबाट आम्दानी समेत हुने गरेको उहाँले बताउनुभयो ।
गाउँमा आउने पर्यटकले ‘लोकल चिया’को स्वाद लिन पाउँदा खुशी हुन्छन् । गाउँ आउने पर्यटकले कोसेलीको रुपमा चिया किनेर लैजान्छन् । गाउँमै चिया उत्पादन भएसंगै चिया खरिदमा हुने खर्च बच्नुका साथै चिया बिक्रीबाट आम्दानी समेत हुने गरेको उहाँले बताउनुभयो ।

पर्यटक आगमन बढ्दो
अहिले घलेगाउँमा दैनिक २ सय हाराहारीमा पर्यटक आउने गरेका छन् । ‘बाह्य पर्यटकको आगमन शून्यप्राय : छ । आन्तरिक पर्यटको आगमन भने बढ्दो छ,’ उहाँले भन्नुभयो ।
प्राकृतिक, धार्मिक, साँस्कृतिक रुपमा निकै धनी छ, लमजुङको घलेगाउँ । धार्मिक, प्राकृतिक, साँस्कृतिक सौन्दर्यका साथै स्थानीयको न्यानो आतिथ्यतामा पर्यटक लोभिन्छन् ।


FLASH NEWS