Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

व्यवसायिक बाख्रापालनमा लमजुङका दिपेन्द्र !

रेडियो भोटेओडार ३० जेष्ठ २०७८, आईतवार १४:१८ मा प्रकाशित ( २ साल अघि) ३०७६६ पाठक संख्या

चाँदनी अधिकारी
२१ वर्षकै उमेरमा विदेश जानुभयो, लमजुङको सन्दरबजार नगरपालिका–९, पैह्रेका दिपेन्द्र भुजेल ।
घरव्यवहार चलाउन धौधौ भएसंगै परिवारकै सुखखुशीको खोज्दै उहाँ विदेश जानुभएको हो ।
मलेसियामा ११ वर्ष दु : ख गर्नुभयो, उहाँले । विदेशमा दुःख त गर्नुभयो । तर सोचेजस्तो कमाई भने भएन । त्यसैले उहाँलाई विदेश बसिरहन मन भने लागेन ।
विदेश त गइयो तर कमाई राम्रो भएन । त्यसैले विदेश बसिरहन मन लागेन, उहाँले भन्नुभयो ।
त्यसपछि उहाँ स्वदेश फर्कनुभयो । स्वदेश फर्किएपछि उहाँले बंगुर र कुखुरा पाल्नुभयो । तर यस व्यवसायबाट पनि राम्रो कमाइ हुन सकेन ।
तर उहाँले हार मान्नु भएन । त्यसपछि व्यवसायिक बाख्रा पाल्ने सोच बनाउनुभयो, उहाँले ।
घरपरिवारको सल्लाहमा उहाँले बाख्रापालन व्यवसाय सुरु गरिहाल्नुभयो पनि ।

२०७५ सालबाट बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो, उहाँले । सुरुमा दिपेन्द्रले २ लाख लगानीबाट व्यवसाय सुरु र्गनुभएको हो ।
खोर निर्माण र बाख्रा खरिदमा गरी सुरुमै २ लाख खर्च भयो, उहाँले भन्नुभयो ।

अहिले उहाँको बाख्रापालन व्यवसाय थप विस्तार भएको छ । अहिले उहाँको फर्ममा साना ठुला गरी ३५ वटा बोयर र स्थानीय जातका बाख्रा पालिएको छ । बाख्रापालन व्यवसायबाट राम्रो कमाई भइरहेको उहाँ बताउनुहुन्छ । यसै व्यवसायबाट घरपरिवार चलाउन सहज भएको उहाँले बताउनुभयो ।
पहिले घर परिवार चलाउन समस्या थियो । बाख्रापालन सुरु गरेसंगै यस व्यवसायबाट भएको कमाइले घरखर्च चलाउन सहज भएको छ, उहाँले भन्नुभयो ।
बाख्रापालन व्यवसायबाट राम्रो कमाई भएसंगै यसै व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्दै लैजाने उहाँको योजना रहेको छ ।

 


FLASH NEWS