Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

मनाङको तालगाउँ डुबानमा : विस्थापितलाई सुरक्षित स्थानमा सारिदैँ

रेडियो भोटेओडार १ असार २०७८, मंगलवार १५:२८ मा प्रकाशित ( २ साल अघि) २९०२३ पाठक संख्या

श्यामशितल परियार
अविरल वर्षासंगै आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१, तालगाउँ डुबानमा परेको छ ।
बाढीका कारण तालगाउँका ५० घर र मनाङ सदरमुकाम चामेका ५ घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीेले चामेकै ३ घर बगाएको छ । १६ घर उच्च जोखिममा रहेका छन् ।
बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँबजारस्थित घट्टेखोलाको पक्की पुलका साथै काठेपुलहरु समेत बगाएको छ ।
बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको उहाँले बताउनुभयो ।
डुबानमा परेका तालगाउँ, चामेका विस्थापितका साथै जोखिममा रहेका स्थानीयलाई अहिले सुरक्षित स्थानमा सार्ने काम भइरहेको पनि प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

 


FLASH NEWS