Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

लमजुङको दोर्दीमा मुढा बनाउने तालिम संचालन : स्थानीयलाई घरगाउँमै स्वरोजगार बनाउने उद्धेश्य

रेडियो भोटेओडार ६ असार २०७८, आईतवार १७:५२ मा प्रकाशित ( २ साल अघि) २७८०५ पाठक संख्या

चाँदनी अधिकारी,
लमजुङको दोर्दी, गाँउपालिका–५, पाचोकमा मुढा बनाउने तालिम संचालन गरिएको छ । लघु उद्यम विकास आयोजना, दोर्दी गाँउपालिकाको आयोजनामा ४५ दिने मुढा बनाउने तालिम संचालन गरिएको हो ।
तालिममा १० जना स्थानीय सहभागी रहेका थिए । स्थानीय नागरिकलाई सीप सिकाई घरगाउँमै स्वरोजगार बनाउने उद्धेश्यले तालिम संचालन गरिएको गाउँपालिका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो ।


४५ दिनसम्म संचालन भएको तालिमको आइतबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
दोर्दी गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष फत्तबहादुर गुरुङको अध्यक्षता एवं दोर्दी गाँउपालिकाका अध्यक्ष ओम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि गुरुङले तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतारी व्यवसायिक रुपमा मुढा बनाई बिक्री गरी आयआर्जनमा वृद्धि गरी जीवनस्तर उकास्न सहभागीलाई आग्रह गर्नुभएको छ ।

 

 


FLASH NEWS