Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

लमजुङका ७९ घर बाढी, पहिरोको उच्च जोखिममा : सतर्कता अपनाउन आग्रह

रेडियो भोटेओडार ७ असार २०७८, सोमबार १५:१४ मा प्रकाशित ( २ साल अघि) ११८२४ पाठक संख्या

पहाडी जिल्ला लमजुङका ७९ घर बाढी, पहिरोको उच्च जोखिममा रहेका छन् ।
लमजुङको बेसीशहर नगरपालिकाका १५, दोर्दी गाउँपालिकाका ५६, राइनास नगरपालिकाका २, मध्यनेपाल नगरपालिकाका १ र क्वहोलासोँथर गाउँपालिकाका ५ गरी ७९ घर बाढी, पहिरोको उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

मनसुन सुरु भएसंगै आएको बाढीले लमजुङमा पनि क्षति पुर्याएको छ ।वर्षासंगै आएको बाढीले गएको मंगलबार दोर्दी गाउँपालिका क्षेत्रका १८ घर र मस्र्याङ्दी गाउँपालिकाको एक घर गरी लमजुङमा १९ घर बगाएको थियो । बाढीेले दोर्दी करिडोरमा रहेका विभिन्न जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ ।

यस्तै, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र कमजोर तथा भिराला जमिनमा पहिरोको उच्च जोखिम हुने हुँदा स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा बस्न लमजुङ प्रशासनले आग्रह गरेको छ ।


FLASH NEWS