Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

बर्खामा ‘हिलाम्मे’, हिउँदमा ‘धुलाम्मे’ हुने राइनासको सडक अहिले ‘पिच’

रेडियो भोटेओडार १५ असार २०७८, मंगलवार १२:४७ मा प्रकाशित ( २ साल अघि) १७७८८ पाठक संख्या

श्यामशितल परियार
पालिकामा निर्वाचित जनप्रतिनिध आएको पनि चार वर्ष पुरा भइसकेको छ । यसअवधीमा कतिपय पालिकामा विकास निर्माणले गति लिएको छ । नागरिकको जीवनस्तर उकासिने क्षेत्रमा पनि ती पालिकाहरुले काम गरिरहेका छन् । नागरिकले गाउँ–ठाउँमै सरकार हुनुको अनुभूति पनि गरेका छन् ।
सडक स्तरोन्नतीमा जुट्दै राइनास नगरपालिका
विगतमा सडक पूर्वाधारको अवस्था खासै राम्रो नरहेको लमजुङको राइनास नगरपालिकामा अहिले सडक कालोपत्रे हुनुका साथै सडक स्तरोन्नती कार्यले तीव्रता पाइरहेको छ । जनप्रतिनिधि नआउँदा अघिसम्म एक मिटर बाटो पनि कालोपत्रे भएको थिएन, यस नगरक्षेत्रमा । विगतमा यहाँको सडकको अवस्था थियो, ‘बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे !’

विशेषगरी : बर्खाको समयमा सेवा लिनका लागि नगरपालिका कार्यालयसम्म पुग्न पनि निकै सकस हुन्थ्यो, राइनास नगरपालिकाका बासिन्दालाई । स्थानीय तहको चुनावपछि पालिकामा जननिर्वाचित प्रतिनिधि आएसंगै सिंगो नगरपालिकाको पहल, लगानीका साथै संघ सरकार र प्रदेश सरकारको सहयोगमा यहाँका सडक स्तरोन्नती भइरेहेको छ । पहिले हिलाम्मे, धुलाम्मे हुने सडक अहिले स्तरोन्नती गरिदैँ लगिएको छ ।

सडक विस्तारका साथै स्तरोन्नती भएसंगै अहिले हिउँद–बर्खै सवारी संचालनका साथै नागरिकलाई आउ–जाउमा निकै सजिलो भएको राइनास नगरपालिका–६, का धु्रवराज अकेलाले बताउनुभयो ।

‘पहिले त हिँड्डुलका साथै सवारी संचालनमा समस्या हुन्थ्यो । बर्खामा झनै सास्ती खेप्नुपर्दथ्यो,’ यातायात व्यवसायी समेत रहनुभएका अकेलाले भन्नुभयो, ‘जनप्रतिनिधि आएपछि उहाँहरुको पहलमा यतिको बाटो बनेको छ । हामी खुशी नै छौँ ।’
नगरक्षेत्रभित्र रहेका सबै सडकको स्तरोन्नती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

३५ किलोमिटर सडक कालोपत्रे
आफुहरु निर्वाचि भएर आउनु अघि एक मिटर बाटो पनि पिच नभएको नगरक्षेत्रमा अहिले ३५ किलोमिटर हाराहारीमा सडक कालोपत्रे भइसकेको राइनास नगरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाले बताउनुभयो ।

‘हामीहरु आउँदा यहाँ कालोपत्रे सडक थिएनन् । धुले सडक पनि व्यवस्थित थिएन । सुरुमै हामीले सडक फराकिलो बनाउने, सडक विस्तर गर्ने कार्यमा जुट्यौ,’ उहाँले भन्नुभयो, ‘अहिले तुलनात्मक रुपमा यहाँ धेरै सडक पिच भइसकेको छ । सडक स्तरोन्नती कार्यलाई तीव्रता दिएका छौँ ।’

उहाँका अनुसार राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिका क्षेत्रमा मात्रै १६ किलोमिटर पर्छ । यो संगै डुम्रे बेसीशहर सडकखण्डसंग जोडिएको नेपालडाँडादेखी तार्कुघाट, अन्नपूर्ण थान (भैँसीखोलासम्म) ४ किलोमिटर, धमिलिकुवा–टिमुरेसम्म ७ किलोमिटर, हर्राबोट–प्यारजुङ सडकखण्डमा ७ किलोमिटर र भैरवथान टोलमा एक किलोमिटर गरी ३५ किलोमिटर हाराहारीमा सडक कालोपत्रे भइसकेको छ ।


हर्राबोट–प्यारजुङ सडकखण्ड अन्तर्गत बगुवा–प्यारजुङसम्म १५ किलोमिटर सडक कालोपत्रेका लागि पनि टेण्डर भइसकेको उहाँले बताउनुभयो ।

विगतमा सडकको अवस्था राम्रो नहुँदा सास्ती खेपेका नागरिकलाई सडक स्तरोन्नती भएसंगै आउ–जाउमा सजिलो भएको छ । समयको वचतसंगै स्थानीय उत्पादनलाई बजारी क्षेत्रसम्म पुर्याउन पनि सहज भएको स्थानीय बताउँछन् ।

राइनास नगरपालिकाका ९ वटै वडा सडक सञ्जालमा जोडिएको छ । नगरपालिकाका अनुसार यस नगर क्षेत्रका ९० वटै टोलमा कच्ची भएपनि सडक पुगेको छ ।


FLASH NEWS