Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

लमजुङमा असार २४ गतेसम्म निषेधाज्ञा जारी

रेडियो भोटेओडार १७ असार २०७८, बिहीबार १२:५६ मा प्रकाशित ( २ साल अघि) १६६९६ पाठक संख्या

लमजुङमा असार २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पुन : ७ दिन निषेधाज्ञा थपिएसंगै असार २४ गतेसम्म लमजुङमा निषेधाज्ञा जारी भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार लमजुङमा असार १७ गते राती १२ बजेदेखी असार २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

निषेधाज्ञा थपिएसंगै जिल्लामा औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिकार्य गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन आग्रह गरिएको छ । दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्न, अनिवार्य मास्कको प्रयोग गर्न सबैमा अनुरोध गरिएको छ ।

यस्तै, जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार लमजुङमा शुक्रबारदेखी जिल्लाभित्र संचालन हुने सार्वजनिक सवारी साधन जोर बिजोर नम्बरका आधारमा संचालन हुने जिल्ला प्रशासन कार्यालय, लमजुङका प्रशासकीय अधिकृत जगदीश मिश्रले बताउनुभयो ।
सीट क्षमताको आधा यात्रु रहने गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन संचालन गर्न दिइने निर्णय भएको उहाँले बताउनुभयो ।
‘जिल्लाभित्र संचालन हुने सार्वजनिक सवारी साधनको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।

यसैगरी, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल लगायत मानिसहरुको भीडभाड हुने सबै प्रकारका क्रियाकलाप संचालन गर्न रोक लगाइएको छ ।

विद्यालय, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित भई संचालन गर्न नपाइने तर शैक्षिक सत्र सुरु भएकाले सूचना प्रविधि लगायतका वैकल्पिक उपायहरु अपनाई भर्ना तथा कक्षा संचालन आग्रह गरिएको छ ।

जारी आदेशको पालना गर्न सबैमा आग्रह गरिएको छ । जारी आदेशको अवज्ञा गरी गरे, गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने लमजुङ प्रशासनले बताएको छ ।


FLASH NEWS