Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

रैथाने बाली संरक्षणका लागि लमजुङका किसानलाई सहयोग

रेडियो भोटेओडार २७ असार २०७८, आईतवार १२:१९ मा प्रकाशित ( २ साल अघि) २६१६७ पाठक संख्या

श्यामशितल परियार
रैथाने बाली संरक्षणका लागि लमजुङका किसानहरुलाई विभिन्न सामग्री सहयोगस्वरुप प्रदान गरिएको छ ।
वल्र्ड भिजनको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडीसी), लमजुङको समन्वयमा किसानलाई बीउ भण्डारणका लागि विभिन्न सामग्री प्रदान गरिएको हो ।

सुन्दरबजार नगरपालिका–५ गहेतका ३० घरधुरीलाई कोल बोडी भण्डारणका लागि ३० थान सिड बिन, क्वहोलासोँथर गाउँपालिका–१ बाग्लुङपानीका २५ घरधुरीलाई बर्सेनी हरियो काँक्रो भण्डारणका लागि २५ थान प्लाष्टिक टे«, पाइप र बेसीशहर नगरपालिका–२ मगरगाउँमा हरियो काँक्रो भण्डारणका लागि १२ घरधुरीलाई प्लाष्टिक ट्रे, पाइप लगायतका सामग्री सहयोगस्वरुप वितरण गरिएको आरसिडिसीका प्रोग्राम को–अर्डिनेटर प्रमोद घिमिरेले जानकारी दिनुभयो ।

हराउँदै गएको रैथाने बाली संरक्षण गरी रैथाने बालीको बीउ उत्पादन वृद्धिका साथै रैथाने बालीको खेती बढाई स्थानीयको जीवनस्तर उकास्ने उद्धेश्यले जीविकोपार्जन तथा उत्थानशील कार्यक्रमअन्तर्गत किसानहरुलाई सहयोग गरिएको उहाँले बताउनुभयो ।

रैथाने बालीको खेती गर्न सके, यसको बीउ उत्पादन गर्न सकेमा उत्पादित कृषि उत्पादन र बीउ बिक्रीबाट किसानले राम्रो आम्दानी गरी जीवनस्तर उकास्न सक्ने उहाँले बताउनुभयो ।


FLASH NEWS