Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

स्वास्थ्य र सुरक्षालाई ध्यान दिदैँ लमजुङका झरनाहरुमा जान प्रशासनको रोक

रेडियो भोटेओडार ३० असार २०७८, बुधबार १६:१८ मा प्रकाशित ( २ साल अघि) २१०२२ पाठक संख्या

लमजुङको बेसीशहर नगरपालिका–१, उदीपुरमा रहेको गाईखुरे झरना लगायतका अन्य थुप्रै झरनामा जान लमजुङ प्रशासनले रोक लगाएको छ । हिउँदमा प्राय :सुनसान हुने गाइखुरे झरनामा बर्खाको समयमा पर्यटकको निकै घुइँचो लाग्ने गर्दछ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको यस समयमा झरनामा आन्तरिक पर्यटकहरुको निकै घुइँचो लाग्ने गरेको र कतिपय झरना व्यवस्थित नभएकाले सुरक्षाका दृष्टिकोणले पनि जोखिमयुक्त रहेकाले स्वास्थ्य र सुरक्षा दुवै पक्षलाई मध्यनजर गर्दै झरनाहरुमा जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम नहटेसम्म झरनामा जान रोक लगाइएको हो ।

जोखिम कम हुँदै गएपछि सम्वन्धित पालिका र सरोकारवालाहरुको समन्वयमा झरनामा पर्यटकहरु जान/घुम्न सक्ने वातावरण सिर्जना गर्न उपयुक्त हुने उहाँले बताउनुभयो । मनसुन सुरु भएसंगै यहाँका झरनाहरुमा पर्यटकको घुइँचो लाग्ने गरेको थियो ।


FLASH NEWS