Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

मस्र्याङ्दी किनारामा १२ फिट अग्लो शिवको मूर्ति निर्माण

रेडियो भोटेओडार ३ श्रावण २०७८, आईतवार ११:५३ मा प्रकाशित ( २ साल अघि) ३४३५७ पाठक संख्या

श्यामशितल परियार

लमजुङको राइनास नगरपालिका–८, हर्राबोटस्थित सर्वोदय सेवा आश्रम नजिकै मस्र्याङ्दी नदी किनारामा १२ फिट उचाइको भगवान शिवको ध्यानात्मक मूर्ति बनाइएको छ । भगवान शिवको कलात्मक यस मूर्तिले धेरैको ध्यान/मन खिच्ने गरेको छ ।

आश्रमको पहलमा देश तथा विदेशमा रहेका विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाको सहयोगमा ध्यानात्मक शिवजीको मूर्ति बनाइएको हो ।
पर्यटक तथा श्रद्धालु भक्तजनहरुको आकर्षण बढाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पवित्र नदी मस्र्याङ्दी किनारामा भगवान शिवको मूर्ति बनाइएको आश्रमका अध्यक्ष कृष्णराज ओेलियाले बताउनुभयो ।

लमजुङको प्रवेशद्धार पाउँदीबजारबाट पनि यस कलात्मक, ध्यानात्मक शिवजी मूर्तिलाई नियाल्न सकिन्छ । यसले धेरैको मन खिचेको छ । यहाँसम्म आई तस्विर खिचाउनेको संख्या पनि बढ्दो रहेको उहाँले बताउनुभयो ।

यस क्षेत्रलाई ‘धर्मनाथ धाम’को रुपमा विकास गर्ने लक्ष्यका साथ धर्मनाथ धाम नै दर्ता गरी अघि बढिएको उहाँले बताउनुभयो ।
मूर्ति बनाइएको यस क्षेत्रमा २० रोपनी जग्गा रहेको छ । यस क्षेत्रमा १ सय ८ शिवलिङ, १ सय ८ गोमुखे धारा पनि जडान गरिने उहाँले बताउनुभयो ।

यस क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण गरी यसलाई ध्यान केन्द्रको रुपमा विकास गरिने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।
एघार दिनको धार्मिक अनुष्ठान सहित निर्मित भगवान शिवको मूर्ति विधिवत् रुपमा समुद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
मनसुनको सुरुवातसंगै बाढीबाट शिवजीको मूर्ति बनाइएको क्षेत्रमा क्षति पुगेकाले तटवन्धको आवश्यकता रहेकाले संचरना संरक्षणका लागि तटबन्धनका लागि सहयोग गरिने प्रमुख जिल्ला अधिकारी अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो ।

यस्तै, आश्रममा रहेका वृद्ध बाआमाका लागि खाद्यान्न, लत्ताकपडा लगायतका सहयोग सामग्री लिएर आश्रम पुग्नुभएका प्रमुख जिल्ला अधिकारी लुइँटेल र जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख एवंं प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णबहादुर कार्की लगायतको टोलीले शनिबार यस क्षेत्रको अवलोकन समेत गरेको छ । सोही अवसरमा मूर्ति बनाइएको क्षेत्रमै लमजुङ प्रशासन र जिल्ला प्रहरी कार्यालय, लमजुङको समन्वयमा चौतारा निर्माण गरिने समेत उहाँहरुले बताउनुभएको छ ।

नदी कटान रोक्न, मानिसलाई बस्न र वातावरणीय रुपमा पनि फाइदा पुग्ने भएकाले यस पवित्र धार्मिक स्थल क्षेत्रमा वर पीपल, स्वामी र नारेश्वरको विरुवा लगाई चौतारा निर्माण गरिने डिएसपी कार्कीले बताउनुभयो ।


FLASH NEWS