Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

लमजुङका बाढी प्रभावित भन्छन्, ‘राहत त पायौँ अब बासको खाँचो छ’

रेडियो भोटेओडार ६ श्रावण २०७८, बुधबार १४:२४ मा प्रकाशित ( २ साल अघि) १६५७० पाठक संख्या

श्यामशितल परियार
लमजुङका बाढी प्रभावितहरुले आफुहरुलाई पुनस्र्थापनाको खाँचो रहेका बताएका छन् । स्थानीय सरकार, प्रशासन र विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाबाट आफुहरुले राहत पाएको तर अब आफुहरुलाई बस्ने घरको खाँचो रहेको बाढी विस्थापितहरुले बताएका हुन् ।

‘बाढीले बस्ने घर नै बगायो,’ लमजुङ दोर्दी हिलेबजारकी बाढी विस्थापित गंगामाया गुरुङले दुःख भाव व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘अन्यत्र घर घडेरी पनि छैन । राहत त पाएका छौँ । अब हामीलाई बस्ने घरको खाँचो छ ।’ हिलेबजारका विस्थापितहरु अहिले छिमेकीका घरमा डेरा गरी बसेका छन् ।

मनसुनको सुरुवातसंगै गएको असार १ गते (मंगलबार) आएको बाढीले लमजुङमा पनि निकै नै क्षति पुर्याएको थियो । दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८, हिलेबाजरका १९ घर र मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेका ३ घर बगाएको थियो ।

बाढीका जोखिममा हिलेबजारका बस्ती तथा अन्य भौतिक संरचना संरक्षणका लागि नेपाली सेनाका साथै स्थानीय दोर्दी खोलामा तटवन्धनमा जुटेको स्थानीय धर्म गुरुङले जानकारी दिनुभयो ।

‘बस्ती संरक्षणका लागि दोर्दी खोलामा तटवन्धनका लागि गाउँपालिकाले ५ लाख र प्रदेश सरकारको १० लाख विनियोजन गरेको थियो,’ उहाँले भन्नुभयो, ‘तटवन्धनमा नेपाली सेनाले पनि सघएको थियो । अहिले पनि स्थानीय निरन्तर तटवन्धनमा जुटिरहेका छन् ।’ यहाँका प्रभावितहरुलाई सरकारी तथा अन्य व्यक्ति, संस्था, क्षेत्रबाट पनि राहत वितरण भइसकेको उहाँले बताउनुभयो ।

मनसुनजन्य विपद्मा परेका नागरिकको घरदैलोमा पुगेर राहत तथा उद्धार कार्यमा आफुहरु जुटेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । ‘विस्थापितहरुलाई पुनस्र्थापनाको आवश्यकता छ । तथ्यांक संकलनका क्रममा छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि, प्रदेश सरकार, संघ सरकार साथै अन्य सम्वन्धित निकायलाई अनुरोध गरी पुनर्निर्माणका कार्य पनि अघि बढाइनेछ ।’


FLASH NEWS