Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

मनाङका दर्जनौँ विद्यालयहरु बाढीको जोखिममा

रेडियो भोटेओडार ७ श्रावण २०७८, बिहीबार १७:५५ मा प्रकाशित ( २ साल अघि) २४१०९ पाठक संख्या

श्यामशितल परियार
मनसुनको सुरुवातसंगै आएको बाढीले मनाङमा निकै नै भौति क्षति पुर्याएको छ । गएको असार १ गतेदेखि निरन्तर बाढी आउँदा यहाँको जनजीवन कष्टकर भएको छ । बाढीका कारण लामो समयदेखी मनाङमा विद्युत सेवा ठप्प छ । बाढीले सडक र पुल लगायतका भौतिक संचरना बगाएपछि आवतजावतमा पनि उतिक्कै समस्या छ । बाढीका कारण यहाँका कतिपय गाउँबस्तीका साथै विद्यालयहरु पनि उच्च जोखिममा रहेका छन् ।

मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि बाढीको उच्च जोखिममा रहेको छ । जोखिममा रहेको यस विद्यालय संरक्षणका लागि त्यहाँस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तटवन्धनमा निरन्तर जुटिरहेका छन् ।

मस्र्याङ्दी नदीको वहावलाई फर्काउन निरन्तर तटबन्ध निर्माणमा लागिएको सशस्त्र प्रहरी बल गुल्म नं ३२ मनाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) होमनाथ पन्थीले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ, मनाङका प्रमुख नारायण रेग्मीका अनुसार मस्र्याङ्दी नदीमा आएको बाढीले लोकप्रिय माविको खेल मैदान कटान गरिसकेको छ ।

असार १ गतेको बाढीले यसै विद्यालयको ४ वटा भवन बगाउनुका साथै तालगाउँमा रहेको भानु मावि समेत बगाइसकेको उहाँले बताउनुभयो ।
यसैगरी, चामे गाउँपालिकामा रहेका ४ वटा विद्यालय र नासों गाउँपालिकामा रहेका ११ वटा विद्यालय पनि बाढीको उच्च जोखिममा रहेका रेग्मीले बताउनुभयो । मनाङमा १० वटा आधारभूत विद्यालय, ४ वटा मावि र १२ प्रावि गरी २६ वटा विद्यालय रहेका छन् ।


FLASH NEWS